ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}

Authors

  • शारदा देवी Sharada Devi लामिछाने Lamichhane पाटन संयुक्त क्याम्पस, त्रिवि, पाटनढोका, ललितपुर, नेपाल

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64480

Keywords:

प्रगतिवाद, वर्गीय पक्षधरता, अधिरचना, उत्पादन सम्बन्ध, सौन्दर्यशास्त्र

Abstract

प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिको अभिव्यक्ति उनका उपन्यासमा पाइन्छ । माक्र्सवादी दर्शनबाट प्रभावित बराल प्रगतिवादी साहित्यिक मान्यताअनुसार तत्कालीन आर्थिक तथा सामाजिक असमानताले सिर्जना गरेको वर्ग सङ्घर्षको उद्घाटन गर्नमा केन्द्रित भएको देखिन्छ । बरालका उपन्यासमा निम्न वर्गप्रति सामन्त वर्गको अन्याय, अत्याचार र शोषणको स्थिति कुन रूपमा छ, त्यसका विरुद्धको चेतना शोषित वर्गमा कसरी प्रकट भएको छ र लेखकीय पक्षधरता कुन वर्गप्रति देखिन्छ भन्ने जिज्ञासाको समाधान गर्ने यस अध्ययनको उद्देश्य रहेको छ । यस उद्देश्य पुर्तिका निम्ति उपन्यासमा अभिव्यक्त वर्गीय चेतना तथा वर्गीय पक्षधरताको व्याख्या विश्लेषण गर्न सोद्देश्यमूलक ढङ्गले सामग्रीको सङ्कलन गरी माक्र्सवादी मान्यता अनुरूप सङ्कलित सामग्रीको विश्लेषण गरिएकाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । समाजमा भएका असमानताले नै वर्गद्वन्द्व तथा वर्गीय चेतना जन्मने र वर्गीय चेतनाको सही विश्लेषणले मात्र निम्नवर्गको मुक्तिको यात्रा तय हुनसक्ने निष्कर्ष बरालका उपन्यसको अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
6

Author Biography

शारदा देवी Sharada Devi लामिछाने Lamichhane, पाटन संयुक्त क्याम्पस, त्रिवि, पाटनढोका, ललितपुर, नेपाल

उपप्राध्यापक 

Downloads

Published

2024-04-08

How to Cite

लामिछाने Lamichhane श. द. S. D. (2024). ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral’s Novels}. Cognition, 6(1), 269–280. https://doi.org/10.3126/cognition.v6i1.64480

Issue

Section

Articles