म ! नाटकमा नारी पहिचान र प्रतिरोध {Feminine Identity and Resistance in Drama Me!}

Authors

  • राधिकादेवी Radhikadevi गुरागाईँ Guragain नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64475

Keywords:

अस्तित्वबोध, उत्पीडन, प्रतिनिधित्व, प्रभुत्व, प्रतिरोध चेतना

Abstract

प्रस्तुत लेखमा बालकृष्ण समको म ! नाटकलाई अध्ययन सामग्री बनाएर त्यसमा प्रयुक्त नारी पहिचान र प्रतिरोधी चेतनाको विश्लेषण र मूल्याङ्कन गरिएको छ । सामग्री विश्लेषणका निम्ति सांस्कृतिक अध्ययनले अघि सारेका पहिचान र प्रतिरोध चेतनासम्बन्धी सैद्धान्तिक मान्यताको उपयोग गरी सोद्देश्य नमुना छनोट पद्धतिबाट पाठगत तथ्य सङ्कलन गरी विश्लेषण गरिएको छ । सांस्कृतिक अध्ययनका विविध क्षेत्रमध्ये यसमा लैङ््िगक अध्ययनअन्तर्गत नारी पहिचानको अध्ययन गरिएको छ । म ! नाटकमा पितृसत्तात्मक सामाजिक संरचनाको शक्तिका आडमा पति व्यभिचारी बनेको र नवविवाहिता पत्नीलाई तिरस्कार गरेको अवस्था चित्रण गरिएको छ । पत्नीले पनि प्रारम्भमा आफ्नो अवस्थालाई स्वीकार गरेको र पछि स्वअस्तित्वबोध गरी पतिका व्यभिचार र आफूप्रतिको तिरस्कारविरुद्ध प्रतिरोध गरेको अवस्था देखाइएको छ । मूलतः यस लेखमा सहरिया, शिक्षित र सम्पन्न परिवारका नारी पनि पितृसत्तात्मक शक्ति र विचारधाराको उत्पीडनमा परेका छन्, नारी स्वयंले आफूमाथि भएको उत्पीडनका विरुद्ध प्रतिकार गर्ने हिम्मत गर्नु पर्दछ र बौद्धिक वर्गले आफ्नो बुद्धि एवं अर्थको समेत प्रयोग गरी नारीको पहिचान निर्माण गर्न सहयोग गर्नुपर्दछ भन्ने विचार व्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
8

Author Biography

राधिकादेवी Radhikadevi गुरागाईँ Guragain, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

उपप्राध्यापक

Downloads

Published

2024-04-08

How to Cite

गुरागाईँ Guragain र. R. (2024). म ! नाटकमा नारी पहिचान र प्रतिरोध {Feminine Identity and Resistance in Drama Me!}. Cognition, 6(1), 235–243. https://doi.org/10.3126/cognition.v6i1.64475

Issue

Section

Articles