‘शिवपञ्चाशिका’ कवितामा ब्रह्मचिन्तन {Brahmaconsciousness in the poem 'Shivapanchashika'}

Authors

  • दामोदर Damodar सापकोटा Sapkota टाइमलाइन स्कुल, जोरपाटीमा अध्यापनरत

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64472

Keywords:

सगुण, निर्गुण, अनन्त, सच्चिदानन्द, अनिर्वचनीय, निष्प्रपञ्च, निर्विशेष

Abstract

प्रस्तुत आलेखमा लेखनाथ पौड्यालद्वारा रचित ‘शिवपञ्चाशिका’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय दर्शनअन्तर्गत आदिशङ्कराचार्यद्वारा प्रतिपादित अद्वैतवेदान्त दर्शनको ब्रह्मसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘शिवपञ्चाशिका’ कवितामा अभिव्यञ्जित ब्रह्मचिन्तनमा आधारित छ । यस अध्ययनका लागि ‘शिवपञ्चाशिका’ कवितामा ब्रह्मका निर्गुण र सगुण स्वरूपको प्रयोग केकस्तो छ र कसरी प्रयोग गरिएको छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्या समाधानका निम्ति सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्ययन गुणात्मक पद्धतिमा आधारित भएकाले समस्या समाधानका निम्ति पाठात्मकविश्लेषण विधिको प्रयोग गरिएको छ । यस अध्ययनका लागि ब्रह्मको सगुणस्वरूप र निर्गुणस्वरूपलाई विश्लेषणको आधार बनाइएको छ । यस अध्ययनको अन्त्यमा लेखनाथ पौड्यालको ‘शिवपञ्चाशिका’ कविता अद्वैतवेदान्त दर्शनको ब्रह्मचिन्तनका दृष्टिले उच्चकोटिको रहेको र लेखनाथ पौड्याल ब्रह्मवादी कवि भएको निष्कर्ष निकालिएको छ । दर्शनजस्तो दुरूह विषयलाई कविताको विषय बनाउनु र त्यसलाई अझ शास्त्रीय लयका माध्यमबाट कलात्मक र मार्मिक ढङ्गले प्रस्तुत गर्न सक्नु लेखकको वैशिष्ठ्य हो र यो नै अध्ययनको प्राप्ति पनि हो ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
10

Downloads

Published

2024-04-08

How to Cite

सापकोटा Sapkota द. D. (2024). ‘शिवपञ्चाशिका’ कवितामा ब्रह्मचिन्तन {Brahmaconsciousness in the poem ’Shivapanchashika’}. Cognition, 6(1), 212–223. https://doi.org/10.3126/cognition.v6i1.64472

Issue

Section

Articles