उर्गेनको घोडा उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतना {Consciousness of tribal resistance against hegemony in the novel Urgen's Horse}

Authors

  • असमान Asman लामा Lama

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64464

Keywords:

वर्चस्व, प्रतिरोध, प्रभुत्व, मिथक

Abstract

प्रस्तुत लेखमा युग पाठकद्वारा लिखित ‘उर्गेनको घोडा’ उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतनाको अध्ययन गरिएको छ । यसका लागि पाश्चात्य समालोचना सिद्धान्तका रूपमा प्रचलित ग्राम्सीको वर्चस्वको मान्यता र फुकोको प्रतिरोधको सिद्धान्तलाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा अभिव्यक्त जनजातीय प्रतिरोधको चेतनामा आधारित छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा जनजातीय प्रतिरोधको चेतना के कस्तो छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्याको समाधानका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्यययन गुणात्मक पद्धतिमा आधारित भएकाले समस्या समाधानका निम्ति पाठात्मकविश्लेषण विधिको प्रयोग गरिएको छ । यस अध्ययनका लागि जनजातीय प्रतिरोधको चेतनालाई विश्लेषणको आधार बनाइएको छ । यस अध्ययनको निष्कर्षमा युग पाठकको ‘उर्गेनको घोडा’ उपन्यासमा जनजातीय इतिहास र पहिचानको चेतनाबाट जनजातीय प्रतिरोधको चेतना सशक्त रूपमा अभिव्यक्त भएको निष्कर्ष निकालिएको छ । इतिहासदेखि नै शासकहरूबाट हेपिएका, चेपिएका र किनारामा पारिएका तामाङहरूले प्रतिरोध गरेको विषयलाई उठान गरेर प्रतिरोधको चेतना सम्प्रेषण गर्न सक्नु नै यस उपन्यासको प्राप्ति हो र साथै यस अध्ययनको पनि प्राप्ति हो ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
17

Downloads

Published

2024-04-08

How to Cite

लामा Lama अ. A. (2024). उर्गेनको घोडा उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतना {Consciousness of tribal resistance against hegemony in the novel Urgen’s Horse}. Cognition, 6(1), 166–175. https://doi.org/10.3126/cognition.v6i1.64464

Issue

Section

Articles