पारिभाषित आँखा उपन्यासमा शरीरमाथि उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोग

Authors

  • शान्ति पौडेल

DOI:

https://doi.org/10.3126/cognition.v3i1.55689

Keywords:

पण्यीकरण, कमोडिफिकेसन, ओज, उत्पीडन, अभ्यस्त, प्रतिरोध चेतना

Abstract

प्रस्तुत शोधलेख पारिजातद्वारा लेखिएको पारिभाषित आँखाहरू उपन्यासमा चित्रित शरीर राजनीतिअन्तर्गत शरीरमाथि उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोगको अध्ययनसँग सम्बद्घ छ । यसमा शक्तिशाली वर्गले शक्तिहीन वर्गको शरीरमाथि गर्ने शोषण तथा दमनका साथै शक्तिशाली वर्गले आफ्नो अनुकूलको विमर्शद्वारा केकसरी कमजोर वर्गको शरीरमाथि शासन गरी कमोडिटीका रूपमा रूपान्तरण गरेको छ भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयत्न गरिएको छ । यसका लागि शरीरमाथि उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोगसम्बन्धी मान्यतालाई कृतिविश्लेषणको मुख्य आधार बनाइएको छ । अध्ययनका अन्त्यमा शक्तिशाली वर्गले विभिन्न विमर्शमार्फत नारी शरीरको विनिर्माण गरी वस्तुमा रूपान्तरण गरेको सन्दर्भलाई सघन रूपमा उठाएको छ । शक्तिहीन वर्गले आफ्नो स्व जोगाउनका लागि गरेको प्रतिरोध असफल भएको सन्दर्भ यथार्थका साथ प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
28

Downloads

Published

2021-01-30

How to Cite

पौडेल श. (2021). पारिभाषित आँखा उपन्यासमा शरीरमाथि उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोग. Cognition, 3(1), 212–220. https://doi.org/10.3126/cognition.v3i1.55689

Issue

Section

Articles