रक्तक्रान्तिका गीतहरूमा जनयुद्धको अभिव्यक्ति {Reflection of People's War in The songs of Blood Revolution}

Authors

  • निलुफर Niluphar बञ्जरा Banjara त्रिवि, कीर्तिपुर TU Kirtipur

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46775

Keywords:

प्रगतिवादी, पक्षधरता, ऐतिहासिक भौतिकवादी, द्वन्द्वात्मक, सौन्दर्यशास्त्र, Progressivist, Aesthetics, Historical Materialist, Dialectic

Abstract

खुशीराम पाख्रिनको रक्तक्रान्तिका गीतहरू गीतिसङ्ग्रहका गीतहरू जनयुद्धसँग सम्बद्ध गीतहरू हुन् । उनका गीतहरूमा नेपाली जनताले भोग्नु परेका जटिलता र त्यसबाट मुक्तिसँग सम्बन्धित छन् । वस्तुनिष्ठ र प्राज्ञिक अध्ययनका लागि  माक्र्सवादी सौन्दर्यशास्त्रका विषयलाई मुख्य  सैद्धान्तिक आधार बनाएर उनका गीतलाई विश्लेषण गरिएको छ । वि.स.२०५२ फागुन १ गतेबाट नेकपा माओवादीद्वारा राजनीतिक उद्देश्यका साथ जनयुद्धको थालनी गरिएको हो । जनयुद्ध सर्वहारा वर्गीय सशस्त्र राजनीतिकआन्दोलन  हो । यो माक्र्सवाद, लेनिनवाद र माओवादलाई निर्देशक सिद्धान्त मानी सञ्चालन गरिएको सशस्त्र सङ्घर्ष हो । नेपाली समाजमा भएका वर्ग सङ्घर्षका अनेकौँ रूपहरू मध्ये एक महत्त्वपूर्ण रूपजनयुद्ध हो । सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिका लागि भनेर गरिएको माओवादी जनयुद्धले नेपालीसमाजका हरेक पक्षमा प्रभाव पार्यो । नेपाली जनताको जीवनसँग गाँसिएको, चेतनासँग गाँसिएको,आदर्शसँग गाँसिएको वर्गयुद्ध नै जनयुद्ध हो जसले समाज, संस्कृति लगायत जीवनका सबै पक्षलाईजबर्जस्त प्रभावित  तुल्यायो । समाजका अरु क्षेत्रमाभै कला साहित्यका क्षेत्रमा पनि जनयुद्धको प्रभाव पर्यो । जनयुद्धको सौन्दर्यशास्त्रका बारेमा पनि बहस र छलफल प्रारम्भ भए । यसरी कलासाहित्यमा जनयुद्धले प्रभाव जसरी पारेरै छाड्यो । गीत सङ्गीतका क्षेत्रमा पनि जनयुद्धको गहिरो प्रभाव पर्यो । यिनै विषयलाई आधार मान्दै खुशीराम पाख्रिनको रक्तक्रन्तिका गीतहरू गीतसङ्ग्रहमा सङ्गृहीत गीतहरूको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
59
PDF
53

Author Biography

निलुफर Niluphar बञ्जरा Banjara, त्रिवि, कीर्तिपुर TU Kirtipur

दर्शनाचार्य–विद्यावारिधी तह  PhD Scholar

Downloads

Published

2022-07-20

How to Cite

बञ्जरा Banjara न. N. (2022). रक्तक्रान्तिका गीतहरूमा जनयुद्धको अभिव्यक्ति {Reflection of People’s War in The songs of Blood Revolution}. Cognition, 4(1), 183–189. https://doi.org/10.3126/cognition.v4i1.46775

Issue

Section

Articles