कुरुवाः दह {Kuruwa Daha}

Authors

  • कृष्ण Krishna महर्जन Maharjan ल.पु.म.न.पा. वडा नं.—७, पिंन्छेँ टोल

Keywords:

तन्त्र बिद्या, कुरूवाः, करूणामय, पाल्हाः, यक्ष

Abstract

बौद्ध धर्मालम्बी तथा बुँगद्यो/आर्यावलोकित्तेश्वर, लोकनाथ, पदमपाणी, करुणामय सम्बन्धी आस्था,
चासो, जानकारी र अध्ययन गर्नेहरुको लागि ‘कुरूवाः दह’ अति महत्वपूर्ण स्थान मानिन्छ । करूणमयलाई
नेपालमा आमन्त्रणा गर्ने क्रममा योजनावद्घ रूपमा सफल भएका थिए । कामरूका यक्षहरूका आक्रोशले
जवरजस्ती फिर्ता लान पटक पटक सफल पनि भएका थिए । जसरी पनि करूणामयलाई नेपालमा
प्रस्थापना गराउनु नै थिए । त्यसैले सबैको सामूहिक अथक परिश्रम र प्रयत्न जारी गर्दा गर्दै विभिन्न
पीठमा बसेर पूजा, पाठ, तन्त्र विद्या साध्ने क्रममा आखिर कुरूवाः दहमा आई पुगे । यस स्थानमा
रहेको एउटा गुफामा बसेर गुह्य रूपमा आठ दिशा क्षेत्रमा आठ बन्धन शील गरी गुह्य विधि अनुसार
योगाम्वर योगद्वारा करूणामयलाई सुवर्ण कलशमा प्रवेश गराउन आठ दिनसम्म योग ध्यान साधना गरी
करूणामयलाई नेपाल भित्र्याउनमा सफल रहे । यस स्थानमा स्थापना गरिएको पाःल्हाः (हत्केला)
आकारको मूर्तिसँग काठमाडौँ सँकटा टोलको सँकटा देवतासँग निकत सम्बन्ध रहेको देखिन्छ । यस
स्थानको वास्तविक नाम ‘कुरूवा दह’ को गलतफहमी भई अहिले ‘कटुवाल दह’ भन्न थालेका छन् ।
यस लेखको पद्घतिको क्रममा विभिन्न वँशावली, किम्वदन्ती, ऐतिहासिक पृष्ठभूमि, नेवारको धर्म र
सँरचना सम्बन्धी ग्रन्थ, साम्प्रदायिक भावना र प्रचलन, अध्ययन र भनाईहरुको ब्याख्यालाई उपकरणको
रूपमा प्रस्तृत छ । वास्तविक रूपमा सही कुरालाई सही दृष्टिकोणले हेर्दा अझ प्रष्ट हुने देखिन्छ ।1

Abstract
334
PDF
0

Downloads

Published

2022-07-20

How to Cite

महर्जन Maharjan क. K. . (2022). कुरुवाः दह {Kuruwa Daha}. Cognition, 4(1), 147-152. https://doi.org/10.3126/cognition.v4i1.46766

Issue

Section

Articles

How to Cite

महर्जन Maharjan क. K. . (2022). कुरुवाः दह {Kuruwa Daha}. Cognition, 4(1), 147-152. https://doi.org/10.3126/cognition.v4i1.46766