बेँसीतिर’ कथामा अनुभूतिको संरचना {The Structure of Experience in the story 'Bensitira'}

Authors

  • इन्दिरा Indira दाहाल Dahal त्रिवि, कीर्तिपुर TU, Kirtipur

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46765

Keywords:

प्रभुत्व, अधीनस्थ, अभिजात, अनुभूति, पिँढी

Abstract

प्रस्तुत लेखमा उत्तमकृष्ण मजगैयाँद्वारा लिखित ‘बेँसीतिर’ कथामा अनुभूतिको संरचना खोजी गरिएको छ । साहित्यको समाजशास्त्रीय चिन्तनका विविध दृष्टिकोणमध्ये बेलायती समाजशास्त्री रेमन्ड विलियम्सले विकास गरेको अनुभूतिको संरचना साहित्यको समाजशास्त्रीय अवधारणामा प्रसिद्ध अवधारणा हो । यस अवधारणाले कृृतिभित्र समाजका तीन पिँढीका बिच अन्तर्सम्बन्ध र क्रिया प्रतिक्रिया हुन्छ भन्ने
मान्यता राख्छ । त्यस प्रक्रियामा समुदायले गर्ने विशिष्ट दवाब र तनाबजन्य अनुभूतिको अभिव्यक्ति कलाकृतिमा हुन्छ भन्ने मत अघि सार्छ । प्रस्तुत अध्ययनमा अनुभूतिको संरचनाका आधारमा
‘बेँसीतिर’ कथामा प्रतिबिम्बित पिँढीगत अनुभूति र प्रभुत्वको परिवेश तथा दबाव र तनावको परिप्रेक्ष्यमा अनुभूतिको संरचनाको विश्लेषण गरिएको छ । यी विविध कोणबाट कथाको विश्लेषण गर्दा समाजका प्रभुत्वशाली पिँढी, अधीनस्थ पिँढी र वैकल्पिक पिँढीबिच अन्तर्सम्बन्ध र क्रिया प्रतिक्रिया भएको पाइएको छ । सामाजिक दृष्टिले प्रभुत्वशाली पिँढीले अधीनस्थ पिँढीलाई दबावमा राख्ने र विपन्न वर्ग जहिल्यै शोषणमा पर्ने यथार्थतालाई यस कथाले प्रस्तुत गरेको छ । तीन पिँढीबिच भएको दबाव र तनावको समाधानस्वरूप वैकल्पिक संस्कृतिको निर्माण हुन थालेको भए पनि स्थापित हुन भने सकेको छैन र विपन्न वर्ग विस्थापित भएको देखिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
64
PDF
48

Author Biography

इन्दिरा Indira दाहाल Dahal, त्रिवि, कीर्तिपुर TU, Kirtipur

विद्यार्थी, दर्शनाचार्य–विद्यावारिधी तह

Student, PhD Scholar

Downloads

Published

2022-07-20

How to Cite

दाहाल Dahal इ. I. (2022). बेँसीतिर’ कथामा अनुभूतिको संरचना {The Structure of Experience in the story ’Bensitira’}. Cognition, 4(1), 139–146. https://doi.org/10.3126/cognition.v4i1.46765

Issue

Section

Articles