नेपालको राजनीतिमा वर्ग सङ्घर्षको ऐतिहासिक विकास, वर्तमान प्रवृत्ति र भावी दिशा: एक आलोचनात्मक अध्ययन

Authors

  • Sameer Shrestha Tribhuvan University

DOI:

https://doi.org/10.3126/cmcj.v3i1.91916

Keywords:

वर्ग सङ्घर्ष, लोकतन्त्र, संविधान, सामाजिक न्याय, नीतिगत विश्लेषण, समकालीन प्रवृत्ति

Abstract

यो अनुसन्धानात्मक लेखले नेपालको राजनीतिमा वर्ग सङ्घर्ष र प्रवृतिको विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्दछ । नेपालको राजनीतिक इतिहास, वर्तमान परिदृश्य र भविष्यका सम्भावनाहरूलाई वर्ग सङ्घर्षको सन्दर्भबाट हेरिएको छ ।  नेपालको राजनीतिमा सामन्तवाद हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनैतिक,सामाजिक,सांस्कृतिक र आर्थिकको परिदृश्यलाई आकार दिदै नेपालमा वर्ग संर्घषको राजनीतिक रुपान्तरणको महत्वपूर्ण चालकको रुपमा रहेको छ । यस लेखले नेपालमा वर्ग संर्घषको ऐतिहासिक,अनुभवजन्य र नीतिगत आयामहरुको समिक्षा गरिएको छ ।  नेपालमा राजनीतिक रुपमा भएको परिवर्तनमा यसको भूमिका,समसामयिक सान्दर्भिकता र भविष्यका प्रभावहरु खोज तथा अनुसन्धान गर्दछ । यसमा सैद्धान्तिक ढाँचा र अनुभवजन्य प्रमाणहरुलाई एकीकृत गर्ने गुणात्मक विधिहरुको दृष्ट्रिकोण प्रयोग गर्दै यस अध्ययनले निरन्तर वर्ग असमानताहरुलाई सम्बोधन गर्न बलियो नीति कार्यान्वयनको आवश्यकतालाई जोड दिइएको छ ।वर्ग आधारित सामाजिक न्यायमा विश्वव्यापी छलफलमा यस लेखले योगदान पु¥याउँदछ र समान संक्रमणबाट गुज्रिरहेको विकासशील राष्ट्रहरुको लागि अनुसन्धान र खोज प्रदान गर्दछ । नेपालको सामाजिक र राजनीतिक संरचना बहुआयामिक र जटिल छ। परम्परागत माक्र्सवादी दृष्टिकोण र नवमाक्र्सवादी दृष्टिकोण दुवैमा वर्गसङ्घर्षका विभिन्न परिभाष् र सीमाहरू रहेका छन्, जुन नेपालको स्थितिमा एकदमै महत्वपूर्ण छन्। नेपालमा वर्गसङ्घर्षको अध्ययनले सामाजिक न्याय, समानता र सामाजिक समृद्धिका परिपेक्ष्यमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ। यस विश्लेषणले वर्गसङ्घर्षको सैद्धान्तिक सीमाहरूमा नेपाली सन्दर्भलाइ नेपालको राजनीतिमा वर्ग सङ्घर्षको ऐतिहासिक विकासज्ञण्ठ थप प्राज्ञिक र समग्र दृष्टिकोणबाट हेरि एकीकृत समाधानको परिकल्पना गर्दछ।गुणात्मक त्रगबष्तिबतष्खभ) अनुसन्धान विधिहरूको प्रयोग गरी, वर्ग सङ्घर्षको समकालीन महत्व, चुनौतीहरूतथा पुनरुत्थानका सम्भावनाहरूबारे गहिरो विमर्श गरिएको छ । नेपालमा वर्गीय राजनीति पुनः सशक्त बनाउन नीतिगत पुनर्संरचना, श्रमिक अधिकारको प्रवद्र्धन र समावेशी राजनीतिक संरचनाको आवश्यकता देखिन्छ ।नेपालको राजनीतिक परिवर्तनहरू, चाहे त्यो राणाशासनको अन्त्य होस्, पञ्चायती व्यवस्थाको पतन होस् वा गणतन्त्र स्थापनासँग सम्बन्धित आन्दोलनहरू हुन् । ती सबै वर्गीय सम्बन्धहरूका अन्तरक्रियाबाट निर्देशित भएका छन्।यो अध्ययन नेपालमा वर्ग सङ्घर्षको ऐतिहासिक प्रवाहलाई माक्र्सवादी, नव–माक्र्सवादी, नवसंस्थागतवाद तथा प्रभृत्ववाद सिद्धान्तको दृष्टिकोणबाट विश्लेषण गर्छ । सामाजिक आन्दोलन र पहिचानको राजनीति (identity politics) ले वर्ग सङ्घर्ष अहिले कमजोरको साथै वर्ग शुद्धता छुट्याउन गाह्रो छ । 

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-03-20

How to Cite

Shrestha, S. (2026). नेपालको राजनीतिमा वर्ग सङ्घर्षको ऐतिहासिक विकास, वर्तमान प्रवृत्ति र भावी दिशा: एक आलोचनात्मक अध्ययन . CMC Journal, 3(1), 106–125. https://doi.org/10.3126/cmcj.v3i1.91916

Issue

Section

Articles