@article{Khanal_2021, title={आन्तरिक मूल्याङ्कनमा परीक्षणका प्रमुख गुणप्रति सरोकारवालाको दृष्टिकोण Aantarik Mulyankanma Parikshyanka Pramukh Gunprati Sarokarwalako Dristikon}, volume={29}, url={https://nepjol.info/index.php/cdj/article/view/41059}, DOI={10.3126/cdj.v29i43.41059}, abstractNote={<p>त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनको विश्वसनीयता तथा वैधताप्रति सरोकारवालाको दृष्टिकोणलाई यस लेखमा प्रस्तुत गरिएको छ । यो लेख क्षेत्रीय सर्वेक्षण विधिमा आधारित छ भने यसमा उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १०० जना विद्यार्थी तथा उक्त तहमा अध्यापनरत २५ जना शिक्षकलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । आन्तरिक मूल्याङ्कनबाट प्राप्त भएको अङ्क विश्वसनीय छ भन्ने कथनमा ४२ प्रतिशत शिक्षार्थी र ४८ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले सन्तुष्टिको स्तर कमजोर रहेको देखिन्छ । आन्तरिक मूल्याङ्कन प्रक्रियाका उकरणमा सबै किसिमका वैधता रहेका छन् भन्ने कथनमा ३८ प्रतिशत शिक्षार्थी र ३६ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले यस सूचकमा दुवै वर्गको सन्तुष्टिको स्तर अत्यन्त कमजोर रहेको देखिन्छ । यसबाट आन्तरिक मूल्याङ्कनमा विश्वसनीयता तथा वैधता नरहेको निष्कर्ष प्राप्त भएको छ ।</p>}, number={43}, journal={Curriculum Development Journal}, author={Khanal, Rajendra}, year={2021}, month={Nov.}, pages={249–261} }