‘लङ्काकाण्ड’ कथामा प्रतिविम्बित ध्वनि

Authors

  • प्रेमप्रसाद Prem Prasad तिवारी Tiwari बुटवल बहुमुखी क्याम्पस, त्रि.वि.

DOI:

https://doi.org/10.3126/cdj.v31i45.68993

Keywords:

ध्वनि, पात्रविधान, विषयवस्तु, शीर्षकविधान, सारवस्तु

Abstract

प्रस्तुत लेखमा कथाकार राजेन्द्र विमलद्वारा लिखित लङ्काकाण्ड’ कथालाई संस्कृत काव्यशास्त्र परम्पराको भाववादी सिद्धान्त ध्वनिका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा ‘लङ्काकाण्ड’ कथाका कुन विधातङ्खवबाट केकस्ता ध्वन्यार्थ अभिव्यञ्जित भएका छन् भन्ने प्राज्ञिक जिज्ञासालाई केन्द्र बनाई समाधान खोजिएको छ । वि.सं. २०६२÷०६३ सालमा तराईमा भएको आन्दोलनले आम नेपालीमा सृजना गरिदिएको समस्याका माध्यमबाट नेपालको अस्तित्व रक्षाका लागि सबै नेपाली लाग्नुपर्ने वेला आएको मुख्य विषय कथामा पाइन्छ । प्रस्तुत लेखमा ‘लङ्काकाण्ड’ कथाका शीर्षक, विषयवस्तु, सारवस्तु तथा पात्रविधानमा अभिव्यञ्जित ध्वन्यार्थ वा प्रतीयमान अर्थको निरूपण गरिएको छ । यस कथामा रामायणको पौराणिक सन्दर्भलाई आधार बनाएर शीर्षकीकरण गरिएको छ । शीर्षकबाट नै भाइ भाइको युद्धले दुवैको अस्तित्व समाप्त हुने कुरा सङ्केत गरेकाले सबै पक्ष संयमित हुनुपर्ने अवस्था आएको छ भन्ने ध्वन्यार्थ निकालिएको छ । प्रस्तुत लेखमा क्षेत्रीयता, जातीयता, वर्गीयता तथा निहित स्वार्थका लागि गरिएका आन्दोलनबाट देशको उन्नति कहिल्यै नहुने भएकाले फुटेर होइन जुटेर राष्ट्रिय हितका लागि अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
73
PDF
52

Downloads

Published

2023-12-31

How to Cite

तिवारी Tiwari प. P. P. (2023). ‘लङ्काकाण्ड’ कथामा प्रतिविम्बित ध्वनि. Curriculum Development Journal, 31(45), 237–249. https://doi.org/10.3126/cdj.v31i45.68993

Issue

Section

Articles