सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा

Authors

  • Ramesh Prasad Luitel Dhankuta Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/cd.v18i01.89669

Keywords:

प्रतिबद्धता, योजना आयोग, पेशाप्रतिको उत्प्रेरणा

Abstract

यो अध्ययन सामुदायिक विद्यालयकाअस्थायी शिक्षकहरूप्रति सरोकारवालहरुको धारणा भन्ने विषयमा केन्द्रित रहको छ । यो अध्ययनको मुख्य उदेश्य सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरुप्रति सरोकारवालाहरुको धारणा पत्तालगाई शिक्षाको गुणस्तरमा त्यसले पारेको प्रभावपत्ता लगाउनु रहेको छ । यो अध्ययनकार्य सम्पन्न गर्न खासगरी द्धितिय स्रोत साधनमार्फत तथ्याङ्क सङ्कलन गरिएको छ । केहि तथ्याङ्क सम्वन्धित क्षेत्रमाआफैगई लिईएको छ। प्राप्त तथ्याङकलाई गुणात्मक हिसाबले विश्लेषण गरिएको छ । उदेश्यमुलक नमूना छनौट विधिद्धारा नमुना सङ्कलन गरि अध्ययनकार्य सम्पन्न गरिएको छ ।यस अध्ययन अनुसार शिक्षकहरूलाई लामो समयसम्मअस्थायी रूपमा राखी राख्नु पटक्कै उचित होइन सिकाइमा समन्वय गर्न र औसत सिकाइ उपलब्धी स्थायी शिक्षकको तुलनामा अस्थायी शिक्षकहरूको बढी भएको तर शिक्षकलाई लामो समयदेखि अस्थायी सेवामा संलग्न गराई राख्दा पेसाको असुरक्षाका कारण अस्थायी शिक्षकमा मनोवैज्ञानिक असर पर्ने देखिन्छ । पेसाप्रति असन्तुष्ट देखिनुको मुख्य कारण भविष्यमा यस पेसामा असुरक्षा रहेको सबैको तर्क थियो । समग्रमा विद्यार्थीहरूबाट पाएको जवाफका आधारमा अस्थायी शिक्षकले शिक्षण सिकाइमा समयको पालना, योजनानिर्माण गरि शिक्षण, विद्यार्थीमैत्रि सिकाइजस्तापक्षमा जिम्वेवार भइ शिक्षण गरेको पाइयो ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-05-31

How to Cite

Luitel, R. P. (2025). सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा. CHINTAN-DHARA, 18(01), 140–157. https://doi.org/10.3126/cd.v18i01.89669

Issue

Section

Articles