छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व

Authors

  • Anil Adhikari महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस‚ त्रिभुवन विश्वविद्यालयमा

DOI:

https://doi.org/10.3126/cd.v18i01.89651

Keywords:

सीमान्तीय, सामाजिक संरचना, विचारधारा, प्रतिरोध

Abstract

प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुने यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन भएका छन् । यस लेखको सैद्धान्तिक आधार सांस्कृतिक अध्ययनअन्तर्गत प्रतिनिधित्व हो । सांस्कृतिक प्रतिनिधित्व साहित्यिक अध्ययनमा पछिल्लो समयमा विकसित भएको एक विशिष्ट अध्ययनपद्धति हो । यसले साहित्यिक पाठको अध्ययन गर्दा त्यसमा प्रस्तुत सांस्कृतिक स्वरूप र समाजमा प्रचलित सांस्कृतिक मूल्यमान्यताको अन्र्तसम्बन्धको अध्ययन गर्दछ । सांस्कृतिक अध्ययन अन्तर्अनुशासनात्मक विषय रहेकाले यसले विभिन्न क्षेत्रबाट अध्ययनको आधार, अवधारणा र पद्धतिहरू ग्रहण गरेको छ । यस लेखमा सांस्कृतिक अध्ययनका बहुआयाम र विविध आधार भए पनि कथामा प्रस्तुत वर्गीय, लैङ्गिक प्रतिनिधित्व, लेखकीय विचारधारा र प्रभुत्वको विश्लेषण भएको छ । नेपाली समाजको वर्गीय स्वरूपलाई प्रतिबिम्बन गर्ने यस कथामा सत्ताविरुद्ध प्रतिरोध र क्रान्तिका वर्गीय नेतृत्वको प्रतिनिधिका स्थानमा परिवारका सदस्यलाई नियन्त्रण र गिरफ्तार गर्ने सत्ता, सत्ताको दमनकारी अङ्गको भूमिकामा प्रहरी प्रशासनले नारीमागि गर्ने दमनको प्रस्तुति भएको छ । वर्गीय र लैङ्गिक प्रतिनिधित्व सशक्त रहेको प्रस्तुत कथामा शासक र शासित दुबै वर्गको भूमिका शक्तिशाली छ । आरम्भमा दबाबद्वारा र कथान्तमा सहमतीय आधारमा प्रभुत्व स्थापित गर्न खोजिएको छापामारको छोराका क्रियाकलापको अवलोकनबाट समाख्याताको मनमा छापामारप्रति उब्जिएको परिवर्तित दृष्टिकोणले ज्ञानउत्पादनमा सहयोग पु¥याएको लेखकीय दृष्टिकोण तटस्थ नरहेको  विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Author Biography

Anil Adhikari, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस‚ त्रिभुवन विश्वविद्यालयमा

उपप्राध्यापक, नेपाली 

Published

2025-05-31

How to Cite

Adhikari, A. (2025). छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व. CHINTAN-DHARA, 18(01), 72–86. https://doi.org/10.3126/cd.v18i01.89651

Issue

Section

Articles