नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग र प्रभाव

Authors

DOI:

https://doi.org/10.3126/caj.v3i1.86876

Keywords:

नेपाली भाषा, शैक्षिक सामग्री, माध्यमिक तह, सिकाई प्रक्रिया, चुनौती

Abstract

प्रस्तुत आलेख नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोगको वास्तविक अवस्था र त्यसको प्रभाव पहिचान गर्नमा केन्द्रित रहेको छ । यो दार्शनिक आधार व्यवहारवाद र निर्माणवाद सिद्धान्तमा आधारित छ । अध्ययनले गुणात्मक र परिमाणात्मक दुवै ढाँचाको मिश्रित दृष्टिकोण अवलम्बन गरेको छ । तथ्याङ्क सङ्कलनका लागि अन्तर्वार्ता, समूह छलफल, प्रश्नावली र कक्षा अवलोकन विधिहरू प्रयोग गरिएका छन् । अन्तर्वार्ता, समूह छलफल र अवलोकनबाट प्राप्त विवरणलाई गुणात्मक रूपमा व्याख्यात्मक विश्लेषण गरिएको छ भने प्रश्नावलीबाट प्राप्त तथ्याङ्कलाई प्रतिशत निकालेर तालिकागत रूपमा प्रस्तुत गरिएको छ । आर्थिक, भौतिक र तालिमगत सीमाका कारण देखिएका समस्याको समाधानका लागि विद्यालयलाई स्रोतसाधनमा सुदृढ बनाउने, शिक्षक तालिमलाई व्यवहारमुखी गर्ने, विद्यालय–समुदाय सहकार्य बढाउने र नीतिगत स्तरमा सामग्री प्रयोगलाई शिक्षण मूल्याङ्कनसँग जोड्ने आवश्यकता देखिन्छ । अन्ततः नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग प्रभावकारी शिक्षण र विद्यार्थीको भाषिक सिप विकासका लागि अपरिहार्य छ । प्रस्तुत अध्ययनले शिक्षक, विद्यालय प्रशासन, सरोकारवालाहरूको सक्रिय प्रयासबाट मात्र शैक्षिक सामग्रीको पर्याप्त प्रयोग सुनिश्चित गर्न सकिने निष्कर्ष निकालिएको छ ।
, , , सिकाइ प्रव्रिmया, 

Downloads

Download data is not yet available.
Abstract
0
pdf (नेपाली)
1

Published

2025-11-26

How to Cite

Dhakal, K. R., Sherpa, D., Ghimire, S., Pun, D. B., & Yadav, A. K. (2025). नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग र प्रभाव. Chaturbhujeshwar Academic Journal, 3(1), 139–150. https://doi.org/10.3126/caj.v3i1.86876

Issue

Section

Articles