माऊजङबाबुसाहेबको कोट कथामा एकल पात्रीय पात्रविधान

Authors

  • Tribhuwan Barai नेपाली विभाग, भैरहवा बहुमुखी क्याम्पस

Keywords:

कथानक, केन्द्रीयता, दृष्टिविन्दु पात्र, पूरक पात्र

Abstract

प्रस्तुत लेखमा पात्रविधानको सैद्धान्तिक पर्याधारका केन्द्रीयतामा कथाकार भवानी भिक्षुद्वारा लिखित ‘माऊजङबाबुसाहेबको कोट’ कथाको मूल्याङ्कन गरिएको छ । उक्त कथामा प्रयुक्त एकल पात्रीय पात्रविधानगत पद्धतिहरूको खोजी गर्नाका निम्ति यो अध्ययन गरिएको  हो । एकल पात्रीय पात्रविधानगत पद्धतिको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी गुणात्मक अनुसन्धान ढाँचा र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्ण बनाइएको छ । कथागत संरचनामा एकल पात्रीय सर्वोपरिता, कथाको चरमोत्कर्षताको वास्तविक भोक्ताका रूपमा प्रमुख पात्रको संलग्नता, एकल पात्रको भूमिकागत केन्द्रीयता तथा प्रमुख पात्रको केन्द्रीयतामा अन्य पात्रहरूको भूमिका निर्धारण गरी चारओटा विश्लेषणीय प्रारूपका आधारमा उक्त कथाको अध्ययन यस लेखमा गरिएको छ । यस लेखका अन्त्यमा एकल पात्रका केन्द्रीयतामा निर्मित प्रस्तुत कथाको पात्रविधानगत पद्धतिको प्रयोगले उक्त कथालाई सुगठित, एकोन्मुख प्रभावयुक्त, लघु, बृहत् चारित्रिक विकासयुक्त र कलात्मक बनाएको एवम् यस्तो वैशिष्ट्ययुक्त पात्रविधानको व्यवस्थापन गर्ने विशिष्ट सिर्जनात्मक तागत भिक्षुमा रहेको कुरा पहिल्याउने तथा यस लेखले कथाकारलाई एकल पात्रको केन्द्रीयतामा कथाको रचना गर्ने एवम् समालोचक र अनुसन्धातालाई एकल पात्रीय पात्रविधानगत पद्धतिको उपयोग गरी समालोचना र अनुसन्धान गर्ने कार्यमा सघाउने सार प्राप्त हुनुलाई निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।  

Abstract
0
PDF
0

Downloads

Published

2026-06-29

How to Cite

माऊजङबाबुसाहेबको कोट कथामा एकल पात्रीय पात्रविधान. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 166-180. https://doi.org/10.3126/bpjms.v4i01.95949

Issue

Section

Articles

How to Cite

माऊजङबाबुसाहेबको कोट कथामा एकल पात्रीय पात्रविधान. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 166-180. https://doi.org/10.3126/bpjms.v4i01.95949