नेपाली नियात्राको आधार: जंगबहादुरको बेलाइत यात्रा

Authors

  • Thaneshwar Aryal नेपाली विभाग, बुटवल बहुमुखी क्याम्पस, त्रि. वि.

Keywords:

खलितापत्र, पार्लियामेन्ट, औद्योगिक, गदर

Abstract

प्रस्तुत नेपाली नियात्राको आधार: जङ्गबहादुरको बेलाइत यात्रा नामक लेख जङ्गबहादुरको बेलाइत यात्रा नामक कृतिमा केन्द्रित रहेर तयार पारिएको हो । पृष्ठभूमिका रूपमा निबन्ध, यात्रासाहित्य, नियात्रा र नियात्रासाहित्यसँग सम्बन्धित सन्दर्भ–प्रसङ्गहरू पनि आएका छन् । यो लेख पुस्तकालय कार्यका आधारबाट तथ्याङ्क सङ्कलन गरी विश्लेषण विधि अपनाएर तयार गरिएको छ । यस लेखमा उक्त कृतिका लेखकका बारेमा देखिएका भ्रम निरूपण गरिएको छ । जगदम्बा प्रकाशनबाट कमलमणि दीक्षितको सम्पादनमा प्रकाशित जङ्गबहादुरको बेलाइत यात्रा (२०१४) नै जङ्गबहादुरको बेलायत यात्रासम्बन्धी आधिकारिक कृति हो भन्ने कुरा पनि पुष्टि गरिएको छ । यो नेपाली भाषामा लिखित नियात्रा विधाको दोस्रो कृति हो । यसले जङ्गबहादुरको बहुआयामिक र पारदर्शक व्यक्तित्वलाई देखाएको छ । बेलायत र फ्रान्ससमेतको शैक्षिक, राजनैतिक, औद्योगिक उन्नति, कुटनैतिक अवस्था र बेलायती सभ्यताको चित्रण गरिएको छ । तिनबाट नेपालमा उक्त सबै किसिमका उन्नतिका निम्ति प्रभाव प्राप्त भएको छ । कृतिले नेपाली भाषा र गद्य–साहित्यको उन्नतिमा पनि नयाँपनसहित महत्त्वपूर्ण योगदान पु¥याएको छ । यसमा नियात्रा अनुरूपको तथ्यात्मकता पनि पाइन्छ । उर्दू–फारसी र अङ्ग्रेजीका शब्दको प्रयोग पनि प्रशस्त पाइन्छ । बेलायतको वर्णनमा इन्द्रासन, लक्ष्मीको अवतार, पूजाकोठाको कल्पना, सहस्र जिभ्राको नागजस्ता पूर्वीय सम्यता झल्काउने शब्दहरू र त्यहाँका नारीहरूको वर्णनमा पनि उपमायुक्त आलङ्कारिक साहित्यिक लेखनको क्षमता प्रकट गर्न सफल र आकर्षक भाषाशैली छ । अतः यो कृति नियात्रा–निबन्ध हो । वर्णनात्मक शैलीमा लेखिएको प्रस्तुत नियात्रा–निबन्धात्मक कृतिबाटै नेपाली गद्यसाहित्यमा एउटा मौलिक विधा थपिएको छ । नेपाली गद्य लेखनअन्तर्गत नियात्रा–निबन्ध लेखनको बाटो तय गरिदिएको छ । त्यस युगमा पनि यस्तो नियात्रा–निबन्धात्मक कृति लेखिनु निकै उपलब्धिपूर्ण मानिएको छ । यो कृति नियात्रा–निबन्धका दृष्टिले उत्कृष्ट छ । 

Abstract
0
PDF
0

Downloads

Published

2026-06-29

How to Cite

नेपाली नियात्राको आधार: जंगबहादुरको बेलाइत यात्रा. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 151-165. https://doi.org/10.3126/bpjms.v4i01.95948

Issue

Section

Articles

How to Cite

नेपाली नियात्राको आधार: जंगबहादुरको बेलाइत यात्रा. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 151-165. https://doi.org/10.3126/bpjms.v4i01.95948