सेतो धरती उपन्यासमा वैराग्यचिन्तन
Keywords:
अन्तःकरण, आर्षपरम्परा, दृष्टिगोचर, प्रतिषेध, विराग, सच्चिदानन्दस्वरूप, सौत्रान्तिकAbstract
‘सेतो धरती’ उपन्यासका रचयिता उपन्यासकार अमर न्यौपाने हुन् । जो आधुनिक नेपाली आख्यान क्षेत्रका सशक्त आख्यानकार हुन् । न्यौपानेका ‘सेतो धरती’ उपन्यास लगायत अन्य उपन्यासहरू, कथा संग्रह र फुटकर रचनाहरू पनि प्रकाशित रहेका छन् । देवघाट आधारभूमि रहेको सेतो धरती उपन्यासमा पौरस्त्य दर्शनअन्तर्गत वेदान्त दर्शनको प्रधानता पाइन्छ । वेदान्त दर्शनमा पनि ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः अर्थात् जगत् असत्य हो र ब्रह्म नै सत्य हो भन्ने आद्यजगत्गुरु शंकरवचनलाई मूल मन्त्र मान्ने यस उपन्यासका पात्रमा वैराग्यको भाव परिपाक भएको छ । वैराग्य चिन्तन अन्य पौरस्त्य दर्शनहरूमा भेटिने भएतापनि वेदान्त दर्शनमा वैराग्य एउटा महत्त्वपूर्ण र सशक्त पक्ष हो ।वैराग्यले सांसारिक वस्तुहरूमा आसक्ति रहित हुनुको आवश्यकता र आत्मज्ञान प्राप्तिको मार्गमा प्रवृत्त गराउँछ । यस आलेखमा पौरस्त्य दर्शन र विशेष गरेर वेदान्त दर्शनलाई आधार बनाएर विश्लेषणात्मक शैलीमा वैराग्यका सूचकहरू संसारिक वस्तुहरूप्रति कम ध्यान, आत्मिक शान्ति र सन्तोष, मोह र ममता कम, साधना र ध्यानमा लगाव, सामाजिक र भौतिक इच्छाहरूबाट मुक्ति, संसारिक चिन्ता र तनावबाट मुक्ति, शरीर र मनको नियन्त्रण, अन्तरात्मा र परमात्मासँगको सम्बन्ध, सत्य र नैतिकताको पालन, संसारिक भोगहरूको अस्थिरताका आधारमा सेतो धरती उपन्यासमा प्रयृुक्त वैराग्यको विश्लेषण गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.