रावणायन उपन्यासको सांस्कृतिक अध्ययन
Keywords:
आर्यसंस्कृति, प्रतिरोध, रक्षसंस्कृति, सत्ता–शक्ति, सङ्घर्षAbstract
प्रस्तुत लेखमा रेवतीरमण खनालको रावणायन उपन्यासमा अभिव्यक्त सांस्कृतिक व्यवहार र शक्तिसत्ताको चलखेल के कस्तो रहेको छ भन्ने प्राज्ञिक समस्या समाधानार्थ सोही कृति अध्ययन र विश्लेषण गर्ने उद्देश्य राखिएको छ । यसका लागि आवश्यक सामग्री सङ्कलनमा पुस्तकालय प्रयोग गरिएको छ । रावणायन उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ । आख्यानमा प्रतिबिम्बित संस्कृति अध्ययनका निम्ति सांस्कृतिक अध्ययनका सिद्धान्तसँग सम्बन्धित अवधारणाहरू रहेका लेख, रचना, पुस्तकका साथै रावणायन उपन्यासमा आधारित समालोचना, लेख आदिलाई द्वितीय सामग्रीका रूपमा सङ्कलन गरिएको छ । प्रस्तुत सामग्री अध्ययन गरी आवश्यक सामग्री छानेर पाठ विश्लेषणमा उपयोग गरिएको छ । साहित्यिक पाठ अध्ययन र विश्लेषणमा आधारित प्रस्तुुत लेख गुणात्मक प्रकृतिको रहेको छ । चयन गरिएको कृतिमा अभिव्यक्त सांस्कृतिक व्यवहार, शक्तिसत्तासँग यसको सम्बन्ध अध्ययनका निम्ति सांस्कृतिक अध्ययनका मुख्य अवधारणहरू उपयोग गरिएको छ । विश्लेषणमा आवश्यकताअनुसार निगमनात्मक तथा आगमनात्मक पद्धतिको उपयोग गरी निष्कर्ष निकालिएको छ । सांस्कृतिक अध्ययनले सांस्कृतिक व्यवहार र सत्ताशक्तिसँग त्यसको सम्बद्धतालाई हेर्ने काम गर्दछ । यसको मुख्य लक्ष्य समाजमा रहेका शक्तिसम्बन्धहरूलाई उदाङ्गो पार्नु, त्यसले सांस्कृतिक व्यवहारलाई कसरी आकार प्रदान गरेको छ भन्ने यथार्थ अध्ययन गर्नु हो । सांस्कृतिक अध्ययनभित्र मानवसमाजका आर्थिक, सामाजिक, राजनैतिक, जातीय, लैङ्गिक तथा वर्गीय रीतिरिवाज, परम्परा, रहनसहन, विभेद, दमन, शोषणजस्ता सबै गतिविधि पर्दछन् । समाजका परम्परागत संस्कृतिबाट साहित्य प्रभावित हुन्छ र ती संस्कृतिहरू साहित्यमा प्रतिबिम्बित हुन्छन् । रावणायन उपन्यासमा पनि रावण र रामका चरित्रमाफर्त आदिम संस्कृति, शक्ति र सत्ताको चलखेलको प्रतिबिम्बन भएको छ । यस उपन्यासमा मानिसले नै सत्ताधारी वा शक्तिशालीलाई देवत्वकरण गर्ने र शक्तिहीन तथा विद्रोहीलाई राक्षसीकरण गर्ने सांस्कृतिक पृष्ठमूमि निर्माण गरेका रहस्य उद्घाटन गरिएको छ । रावणायन उपन्यासमा व्यक्त ऋषिका कथित कुलीन संस्कृति र त्यसका विरुद्धमा आएको रक्षसंस्कृतिका सांस्कृतिक व्यवहार, अन्तर्सङ्घर्ष र विद्रोह अध्ययन गर्दा ती सत्य, न्यायका पक्षमा नभई शक्ति, सत्ता प्राप्तिका निम्ति सङ्घर्षरत रहेको निष्कर्ष यस लेखमा निकालिएको छ । उपन्यासमा आर्य संस्कृतिले शक्ति र सत्ताकै चलखेलमा मान्छेलाई देवता, मानव, दानव वा राक्षसका रूपमा विभाजन गर्ने कुसंस्कार बसालेको र त्यसलाई भत्काउन रावणले वैकल्पिक शक्तिका रूपमा रक्षसंस्कृति निर्माण गरेको छ । तर दुवै संस्कृति मान्नेले आ–आफ्ना संस्कृतिका उद्देश्य, नियम, अनुशासन पालना नगरी एकअर्काका पहिचान, अस्तित्व तहसनहस बनाउन उद्धत हुँदा धेरै जिउधनको सर्वनाश भएको निष्कर्ष यस लेखमा निकालिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.