रावणायन उपन्यासको सांस्कृतिक अध्ययन

Authors

  • Prabha Marahatta Koirala नेपाली विभाग, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन

Keywords:

आर्यसंस्कृति, प्रतिरोध, रक्षसंस्कृति, सत्ता–शक्ति, सङ्घर्ष

Abstract

प्रस्तुत लेखमा रेवतीरमण खनालको रावणायन उपन्यासमा अभिव्यक्त सांस्कृतिक व्यवहार र शक्तिसत्ताको चलखेल के कस्तो रहेको छ भन्ने प्राज्ञिक समस्या समाधानार्थ सोही कृति अध्ययन र विश्लेषण गर्ने उद्देश्य राखिएको छ । यसका लागि आवश्यक सामग्री सङ्कलनमा पुस्तकालय प्रयोग गरिएको छ । रावणायन उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ । आख्यानमा प्रतिबिम्बित संस्कृति अध्ययनका निम्ति सांस्कृतिक अध्ययनका सिद्धान्तसँग सम्बन्धित अवधारणाहरू रहेका लेख, रचना, पुस्तकका साथै रावणायन उपन्यासमा आधारित समालोचना, लेख आदिलाई द्वितीय सामग्रीका रूपमा सङ्कलन गरिएको छ । प्रस्तुत सामग्री अध्ययन गरी आवश्यक सामग्री छानेर पाठ विश्लेषणमा उपयोग गरिएको छ । साहित्यिक पाठ अध्ययन र विश्लेषणमा आधारित प्रस्तुुत लेख गुणात्मक प्रकृतिको रहेको छ । चयन गरिएको कृतिमा अभिव्यक्त सांस्कृतिक व्यवहार, शक्तिसत्तासँग यसको सम्बन्ध अध्ययनका निम्ति सांस्कृतिक अध्ययनका मुख्य अवधारणहरू उपयोग गरिएको छ । विश्लेषणमा आवश्यकताअनुसार निगमनात्मक तथा आगमनात्मक पद्धतिको उपयोग गरी निष्कर्ष निकालिएको छ । सांस्कृतिक अध्ययनले सांस्कृतिक व्यवहार र सत्ताशक्तिसँग त्यसको सम्बद्धतालाई हेर्ने काम गर्दछ । यसको मुख्य लक्ष्य समाजमा रहेका शक्तिसम्बन्धहरूलाई उदाङ्गो पार्नु, त्यसले सांस्कृतिक व्यवहारलाई कसरी आकार प्रदान गरेको छ भन्ने यथार्थ अध्ययन गर्नु हो । सांस्कृतिक अध्ययनभित्र मानवसमाजका आर्थिक, सामाजिक, राजनैतिक, जातीय, लैङ्गिक तथा वर्गीय रीतिरिवाज, परम्परा, रहनसहन, विभेद, दमन, शोषणजस्ता सबै गतिविधि पर्दछन् । समाजका परम्परागत संस्कृतिबाट साहित्य प्रभावित हुन्छ र ती संस्कृतिहरू साहित्यमा प्रतिबिम्बित हुन्छन् । रावणायन उपन्यासमा पनि रावण र रामका चरित्रमाफर्त आदिम संस्कृति, शक्ति र सत्ताको चलखेलको प्रतिबिम्बन भएको छ । यस उपन्यासमा मानिसले नै सत्ताधारी वा शक्तिशालीलाई देवत्वकरण गर्ने र शक्तिहीन तथा विद्रोहीलाई राक्षसीकरण गर्ने सांस्कृतिक पृष्ठमूमि निर्माण गरेका रहस्य उद्घाटन गरिएको छ । रावणायन उपन्यासमा व्यक्त ऋषिका कथित कुलीन संस्कृति र त्यसका विरुद्धमा आएको रक्षसंस्कृतिका सांस्कृतिक व्यवहार, अन्तर्सङ्घर्ष र विद्रोह अध्ययन गर्दा ती सत्य, न्यायका पक्षमा नभई शक्ति, सत्ता प्राप्तिका निम्ति सङ्घर्षरत रहेको निष्कर्ष यस लेखमा निकालिएको छ । उपन्यासमा आर्य संस्कृतिले शक्ति र सत्ताकै चलखेलमा मान्छेलाई देवता, मानव, दानव वा राक्षसका रूपमा विभाजन गर्ने कुसंस्कार बसालेको र त्यसलाई भत्काउन रावणले वैकल्पिक शक्तिका रूपमा रक्षसंस्कृति निर्माण गरेको छ । तर दुवै संस्कृति मान्नेले आ–आफ्ना संस्कृतिका उद्देश्य, नियम, अनुशासन पालना नगरी एकअर्काका पहिचान, अस्तित्व तहसनहस बनाउन उद्धत हुँदा धेरै जिउधनको सर्वनाश भएको निष्कर्ष यस लेखमा निकालिएको छ । 

Abstract
0
PDF
0

Downloads

Published

2026-06-29

How to Cite

रावणायन उपन्यासको सांस्कृतिक अध्ययन. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 103-115. https://doi.org/10.3126/bpjms.v4i01.95915

Issue

Section

Articles

How to Cite

रावणायन उपन्यासको सांस्कृतिक अध्ययन. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 103-115. https://doi.org/10.3126/bpjms.v4i01.95915