सामाजिक तथा आर्थिक अवस्थाका कारण दलित महिलाको प्रजनन स्वास्थ्यमा प्रभाव
Keywords:
प्रजनन स्वास्थ्य, दलितAbstract
यस अध्ययनमा दलित समुदायका महिलाहरूको प्रजनन स्वास्थ्यको अवस्था र त्यसमा प्रभाव पार्ने सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक पक्षहरूको विश्लेषण गरिएको छ । प्रजनन स्वास्थ्यलाई केवल रोग वा कमजोरीको रूपमा नलिई शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यसँग जोडेर हेर्ने गरिन्छ । प्रजनन स्वास्थ्यमा सुरक्षित मातृत्व, परिवार नियोजन, किशोरीको प्रजनन अधिकार, यौन शिक्षा र यौनजन्य रोग नियन्त्रण समावेश गरिन्छ । कालिका नगरपालिका, चितवनमा १५–४९ वर्ष उमेर समूहका ५० जना दलित महिलाहरूको नमूना लिएर गुणात्मक तथा संख्यात्मक विधि प्रयोग गरी उक्त अध्ययन कार्य सम्पन्न गरिएको हो । यो परिणामले देखाउँछ कि प्रायः उत्तरदाताहरू कृषि पेशामा निर्भर छन् । उनीहरूको आय र खर्च न्यूनदेखि मध्यम स्तरमा रहेको छ र अधिकांश निरक्षर वा प्रारम्भिक शिक्षा हासिल गरेका छन् । सामाजिक संरचना अनुसार ७० प्रतिशत महिलाहरू संयुक्त परिवारमा बस्छन् र मुख्य रूपमा हिन्दू धर्मावलम्बी छन्। । स्वास्थ्य चौकीको पहुच नहुनु, सामाजिक, सांस्कृतिक कारण, लाज मान्ने, जनचेतनाको कमि र स्वस्थ उपचारमा पारिवारको अनुमति नपाउनु गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने मुख्य कारण रहेका छन् । प्रजनन स्वास्थ्य सम्बन्धी समस्या जस्तैः ढाड दूख्नु, तल्लो पेट दूख्नु, अत्याधिक रक्तस्राव हुनु र संक्रमण जस्ता समस्याहरू सहभागी महिलाहरूले देखाएका छन् । आर्थिक, सामाजिक र शैक्षिक अभावले स्वास्थ्य सेवा पहुँच, परिवार नियोजन अभ्यास, सुरक्षित मातृत्व र प्रजनन अधिकारमा बाधा पुर्याइरहेको छ । दलित महिलाहरूको प्रजनन स्वास्थ्य सुधार गर्नका लागि बहुआयामिक कार्यक्रमहरू आवश्यक पर्दछन् । जस्तैः आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच, सामाजिक चेतनामा अभिवृद्धि, स्वास्थ्य सेवा सुविधाको विस्तार र समुदायस्तरीय स्वास्थ्य शिक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य छन् । यसले मात्र मातृ–शिशु स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको सुनिश्चितता र सामाजिक न्यायका लक्ष्य प्राप्त गर्न सहयोग पुर्याउँछ ।
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.