पाणिनीय व्याकरणमा वैकल्पिक नियमको व्यवस्था
Keywords:
अन्यतरस्याम्, बहुलम्, विभाषाAbstract
पाणिनीय व्याकरणमा नित्य रूपमा प्रवृत्त हुने नियमको बाहुल्य रहे पनि अन्य मतको समेत सम्मान गर्नका लागि एक पक्षमा प्रवृत्त हुने र अर्को पक्षमा प्रवृत्त नहुने वैकल्पिक नियमहरूको समेत व्यवस्था गरिएको छ । तदनुसार संज्ञा, परिभाषा आदि ६ प्रकारका सूत्रहरूमध्ये विधि सूत्रहरू सबैभन्दा बढी रहेका छन् र तीमध्ये धेरैजसो निमयको प्रवृत्ति नित्य रूपमा र थोरैजसो नियमको प्रवृत्ति वैकल्पिक रूपमा हुन्छ । वैकल्पिक रूपमा प्रवृत्त हुने सूत्र तथा वार्तिकहरूमा वा, विभाषा, विभाषित, अन्यतरस्याम्, उदीचाम्, प्राचाम्, एकेषाम्, एके, बहुलम्, विकल्प एवं ऋषिबोधक आपिशलि, काश्यप, गाग्र्य, गालव, चाक्रवर्मण, भारद्वाज, शाकटायन, शाकल्य, सेनक, स्फोटायन र पौष्करसादि शब्दको उल्लेख र अनुवर्तन गरिएको हुन्छ । तीमध्ये विभाषा, वा, अन्यतरस्याम् र बहुलम् शब्दका माध्यमले वैकल्पिक मतको व्यवस्था गरिएका नियमहरूको सङ्ख्या बढ्ता रहेको छ भने ऋषिबोधक, उदीचाम्, विभाषित, प्राचाम्, एकेषाम्, एके र विकल्प शब्दका आधारमा वैकल्पिक मतको व्यवस्था गरिएका नियमहरूको सङ्ख्या तुलनात्मक रूपमा न्यून रहेको छ । यहाँ पाणिनीय व्याकरणका यिनै वैकल्पिक शब्दको ३७७ सूत्रमा उल्लेख गरेर, २९४ सूत्रमा अनुवर्तन गरेर तथा ७३ वार्तिक र ५ भाष्येष्टिमा उल्लेख गरेर पाणिनि, कात्यायन र पतञ्जलिका ७४९ वटा वैकल्पिक मतको आगमन विधिसहित वर्णनात्मक विधिका आधारमा चर्चा गर्दै पूर्ववर्ती र समकालिक संस्कृत व्याकरणका मान्यतालाई समेत अवलम्बन गरी पाणिनीय व्याकरणका नियम र प्रयोगको विश्लेषणात्मक निष्कर्ष प्रस्तुत गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.