दरौँदीक्षेत्रको गण्डकी सभ्यतागत महत्व

Authors

  • Hira Lal Karna सू.स.मो.या.ब. क्याम्पस, सिरहा

Keywords:

दरदगण्डकी, दरदजाति, सूर्यादित्य, कीर्तिपाल, गण्डकीसभ्यता

Abstract

नेपालको इतिहासमा छुट्टै महत्त्व बोकेको गण्डकी सभ्यताको दरौँदीक्षेत्रतर्पm इतिहासकारहरूले ध्यान नदिंँदा ओझेलमा पर्न गएको छ । महाभारत पुराणहरूमा दरद देशको वर्णन गरिनुका साथै पूर्वमध्यकालका मुद्रा र ताम्रपत्रहरूसमेत पाइएका यस दरौँदीगण्डकी देशको इतिहास ओझेलमा पर्न जाँदा यस क्षेत्रका बासिन्दाहरूमाझ पहिचानको समस्या सृजना हुन गएको देखिन्छ । खासगरी यस भेगका दुरा जातिको वास्तविक इतिहास ओझेलमा पर्न गएको छ । पुराणहरूमा प्राचीन पर्वतीय लडाकु जातिका रूपमा वर्णन गरिएका प्राचीन दरद (हालको दुरा) जाति लोपोन्मुख अवस्थामा पुग्न गएको छ । यस अध्ययनमा ईशाको नवौं शताब्दीका अन्तदेखि एघारौं शताब्दीका प्रारम्भसम्म अस्तित्वमा रहेका दरदगण्डकी देशको इतिहासमाथि प्रकाश पारिएको छ । चम्पारणको बगहाबाट पाइएको ताम्रपत्र र लखनउ संग्रहालयमा रहेको ताम्रपत्रको आधारमा यस दरौंदीगण्डकी देशमा ८७० ई. देखि १०२६ ई. सम्म सूर्यवंशी राजा मलयकेतुका वंशजहरूको शासन रहेको थियो । यस वंशका अन्तिम राजा सूर्यादित्यपछि सावर्णी वंशका भुवनपालदेवले आफ्नो अधिकार कायम गरेपछि क्रमशः उनका छोरा विक्रमपाल र कीर्तिपालदेवले राज्य गरेका थिए । राजा कीर्तिपालको समयमा गोविन्दचन्द्रले कीर्तिपाललाई पराजित गरेपछि यस देशको स्वतन्त्रता समाप्त हुन गएको थियो ।  यस अध्ययनका लागि पौराणिक ग्रन्थहरूका साथै पुरातात्विक अभिलेखहरूको अध्ययन गरी तथ्याङ्क संकलन गरिएको छ । समयसमयमा विभिन्न विद्वानहरूले प्रकाशित गरेका शोधपुर्ण लेखरचनाहरू र सम्बन्धित ऐतिहासिक ग्रन्थहरूसित तथ्य र घटनाहरूको तुलना गरी वर्णनात्मक विधिद्वारा तथ्याङ्क विश्लेषण गरिएको छ । यस अध्ययनले दरौँदीगण्डकी सभ्यताको इतिहासलाई प्रकाशमा ल्याई नेपालको इतिहासमा दरद (दुरा) जाति, दरद (दरौँदी) नदी र दरद देशको वास्तविक पहिचान कायम गर्नमा सहयोग गर्नेछ । 

Abstract
0
PDF
0

Author Biography

Hira Lal Karna, सू.स.मो.या.ब. क्याम्पस, सिरहा

उपप्राध्यापक

Downloads

Published

2026-06-29

How to Cite

दरौँदीक्षेत्रको गण्डकी सभ्यतागत महत्व. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 29-45. https://doi.org/10.3126/bpjms.v4i01.95898

Issue

Section

Articles

How to Cite

दरौँदीक्षेत्रको गण्डकी सभ्यतागत महत्व. (2026). Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 4(01), 29-45. https://doi.org/10.3126/bpjms.v4i01.95898