नेपालको माध्यमिक तहको मूल्याङ्कन प्रणालीमा देखिएका चुनौती
Keywords:
मूल्याङ्कन प्रणाली, सुधारात्मक मूल्याङ्कन, क्षमता–आधारित मूल्याङ्कन, शिक्षक अनुभव, कथात्मक विश्लेषणAbstract
नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि पछिल्ला समयमा पाठ्यक्रम, पाठ्यपुस्तक एवं मूल्याङ्कन प्रणालीमा व्यापक परिवर्तनहरू गरिएका छन् । विशेष गरी माध्यमिक तह (कक्षा ९–१२) मा अपनाइएको सक्षमतामा आधारित आधुनिक पाठ्यक्रम र त्यससँग सम्बद्ध बहुआयामिक मूल्याङ्कन प्रणालीले विद्यार्थीको समग्र ज्ञान, सीप, र दृष्टिकोणको मूल्याङ्कन गर्ने लक्ष्य राखेको छ । यस अध्ययनले नेपालको माध्यमिक तहमा लागु भइरहेका मूल्याङ्कन प्रणालीहरूको वर्तमान अवस्था, यसका विशेषता, अभ्यास, विद्यमान चुनौतीहरू र सुधारका सम्भावनाहरूको गहन विश्लेषण गरेको छ । यस अध्ययनले प्रयोगात्मक, शिक्षणमूलक, निरन्तर र अन्तिम मूल्याङ्कनका विधिहरूलाई समेट्ने प्रयास गरेको छ । त्यसैगरी, मूल्याङ्कनमा सूचना तथा सञ्चार प्रविधि (क्ष्ऋत्) को प्रयोग, समावेशी मूल्याङ्कन, र जीवनोपयोगी सीपको परीक्षण प्रणालीलाई समेत समेटेको छ । गुणात्मक अनुसन्धान विधिमा आधारित यस अध्ययनमा शिक्षकका अनुभव तथा दृष्टिकोणहरूलाई कथात्मक विश्लेषण (ल्बचबतष्खभ ब्लबथिकष्क) माार्फत प्रस्तुत गरिएको छ । यस अध्ययनका लागि ग्रामीण तथा शहरी क्षेत्रअन्र्तगतका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत माध्यमिक तहका अनिवार्य विषयका शिक्षकहरूसँग अर्धसंरचित अन्तर्वार्तावाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ साथै अध्ययनले विषयगत शिक्षकको दृष्टिकोणमार्फत मूल्याङ्कन प्रणालीको प्रभावकारिता तथा कमजोरीहरूको पहिचान गर्न खोजेको छ । प्राप्त तथ्याङ्क, नीतिगत दस्तावेज, विभिन्न कागजात, पाठ्यक्रम दस्तावेज, राष्ट्रिय मूल्याङ्कन प्रतिवेदन, र शिक्षाविद्को पूर्वकार्य एवं अध्ययनको विश्लेषणवाट यो निचोड निकालिएको छ । यस अध्ययनको निष्कर्षले मूल्याङ्ककन प्रणाली नीतिगत रूपमा वहुआयमिक क्षमता–आधारित भए तापनि व्यवहारमा अझै परीक्षा–केन्द्रित रहेको देखिन्छ । शिक्षक तालिमको अभाव, स्रोत साधनको कमी तथा सूचना प्रविधिमा पहँुचको असमानता प्रमुख चुनौतीका रूपमा रहेका छन् । ग्रामीण र शहरी क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिमा पहुँच र कार्यान्वयनमा अन्तर देखिएको छ । विशेषगरी राष्ट्रिय पाठ्यक्रम प्रारूपको नीति र कक्षाकोठा अभ्यासबिचमा रिक्तता देखिन्छ । यस अध्ययनले निरन्तर शिक्षकको व्यावसायिक विकास, सूचना तथा सञ्चार प्रविधि पहुँच, स्रोत व्यवस्थापन र विद्यालयस्तरीय मूल्याङ्ककन प्रणालीलाई सुदृढ गर्नुपर्ने सुझाव दिइएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.