वर्ष र सत्र प्रणालीका स्नातकोत्तर नेपाली पाठ्यक्रमका शिक्षणविधि र मूल्याङ्कन पद्धतिको तुलना

Authors

  • बालाकृष्ण Balakrishna अधिकारी Adhikari

DOI:

https://doi.org/10.3126/bpjms.v2i01.65868

Keywords:

निर्माणात्मक मूल्याङ्कन, शिक्षककेन्द्री शिक्षणविधि, विद्यार्थीकेन्द्री शिक्षणविधि, निरन्तर मूल्याङ्कन, निर्णयात्मक मूल्याङ्कन

Abstract

प्रस्तुत आलेखमा वर्ष र सत्र प्रणालीका स्नातकोत्तर नेपाली पाठ्यक्रममा समावेश गरिएका शिक्षणविधि र मूल्याङ्कन पद्धतिको तुलनात्मक विश्लेषण गरिएको छ । वर्ष प्रणालीको पाठ्यक्रममा शिक्षककेन्द्री शिक्षणविधि र वर्षान्त मूल्याङ्न पद्धतिको प्रधानता रहन्छ भने सत्र प्रणालीको पाठ्यक्रममा विद्यार्थीकेन्द्री शिक्षणविधि र सत्रान्त मूल्याङ्कन पद्धतिको प्रधानता रहन्छ । पाठ्यक्रमको स्वरूपअनुसार त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयको चालु पाठ्यक्रम सत्र प्रणालीमा रहेको छ । यस आलेखमा वर्ष र सत्र दुवै प्रणालीका पाठ्यक्रमको तुलना गर्दै तिनका बिचमा रहेका अवधारणागत र स्तरगत भिन्नताको खोजी गर्ने तुलनात्मक अध्ययनविधिको प्रयोग गरिएको छ । निर्धारित दुई सामग्रीमा रहेका तथ्यहरूको तुलना गरी चालु पाठ्यक्रमको प्रभावकारिता र उपादेयताको संश्लेषण यस आलेखमा गरिएको छ । समग्र विमर्शबाट के नतिजा प्राप्त भएको छ भने सत्र प्रणालीको पाठ्यक्रम वर्ष प्रणालीको पाठ्यक्रमबाट पुनर्निर्माण गरिएको देखिन्छ भने वर्ष प्रणालीका तुलनामा सत्र प्रणालीको पाठ्यक्रममा शिक्षणविधि र मूल्याङ्क पद्धतिको व्यवस्थित, वैज्ञानिक, प्रभावकारी र व्यवहारोपयोगी रहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
39

Downloads

Published

2024-05-28

How to Cite

अधिकारी Adhikari ब. B. (2024). वर्ष र सत्र प्रणालीका स्नातकोत्तर नेपाली पाठ्यक्रमका शिक्षणविधि र मूल्याङ्कन पद्धतिको तुलना. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 1–15. https://doi.org/10.3126/bpjms.v2i01.65868

Issue

Section

Articles