समतामूलक दृष्टिकोणबाट उच्च शिक्षामा पाठ्यक्रम विविधीकरणको अभ्यास Practice of Curricular Diversification in Higher Education from an Equity Perspective
DOI:
https://doi.org/10.3126/bns.v28i1.79239Abstract
यस लेखले समतामूलक दृष्टिकोणबाट उच्च शिक्षामा पाठ्यक्रम विविधीकरणको अभ्यासको अवस्था र यसका चुनौतीहरू प्रस्तुत गरेको छ । नेपाल बहुलतामा आधारित देश हो र यहाँको उच्च शिक्षाको हरेक तहमा अध्ययनरत विद्यार्थीहरूमा विविधतायुक्त पृष्ठभूमि पाइन्छ । विद्यार्थीहरूको यस किसिमको विविधतायुक्त पृष्ठभूमिलाई उच्च शिक्षामा पाठ्यक्रम विविधीकरणको अभ्यासले समतामूलक न्याय कायम गर्न सहयोग गर्छ । हालको पाठ्यक्रम संरचना तथा शिक्षण अभ्यास परम्परागत पद्धतिमा आधारित भएकाले सामाजिक न्याय, समानता र समताको प्रत्याभूति गर्न नसकेको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । यस अध्ययनको मूल उद्देश्य उच्च शिक्षामा पाठ्यक्रम विविधीकरणको अवस्था विश्लेषण गर्नु रहेको छ । उच्च शिक्षामा अध्यापनरत विभिन्न विषय शिक्षकहरूलाई उद्देश्यमूलक नमुना छनोट विधिबाट छानिएको यस गुणात्मक ढाँचामा आधारित अध्ययनमा घटना अध्ययन उपागम र खुला अन्तर्वार्ताको आधारमा सङ्कलित सूचनाको विश्लेषण गरिएको छ । प्राप्त सूचनालाई विषयगत विश्लेषण गरी निष्कर्ष निकालिएको यस कार्यमा विधिशास्त्रीय अभ्यासको सन्दर्भमा विद्यार्थी केन्द्रित सिकाइ क्रियाकलापको अभ्यास भएको पाइन्छ । त्यसैले पाठ्यक्रम विविधीकरणको कार्यान्वयनले उच्च शिक्षामा विद्यार्थीहरूको विविधतायुक्त पृष्ठभूमिको सम्मानसहित बहुविधिशास्त्रीय अभ्यासलाई जोड दिन्छ । विद्यमान पाठ्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरू भएकाले त्यसको समाधानका लागि नीतिगत र व्यावहारिक उपायहरू अपनाउनुपर्ने देखिन्छ । उच्च शिक्षामा पाठ्यक्रमको विधिशास्त्रीय अभ्यासको प्रभावकारिता तथा समतामूलक न्याय कायम गर्न सामाजिक, सांस्कृतिक तथा भाषिक विविधताको सम्मान गर्दै नीतिगत प्रतिबद्धतासहित शिक्षकको संवेदनशीलता तथा लचिलो पाठ्यक्रमयुक्त संस्थागत क्रियाशीलताको आवश्यकता यस लेखले इङ्गित गरेको छ ।
This article presents the status of the practice of curriculum diversification in higher education and its challenges from an equitable perspective. Nepal is a pluralistic country and students studying at every level of higher education come from diverse backgrounds. The practice of curriculum diversification in higher education helps to maintain equitable justice in view of such diverse backgrounds of students. Various studies have shown that the current higher education curriculum structure and teaching practices in the context of Nepal are based on traditional methods and therefore fail to ensure social justice, equality, and equity. The main objective of this study is to analyze the status of curriculum diversification in higher education in Nepal. In this qualitative study, in which teachers of varied subjects teaching in higher education were selected on the purposive sampling basis, and the information collected was analyzed on the basis of the case study approach and open interviews. In this work, which was concluded by analyzing the information received thematically, it is found that the practice of student-centered learning activities has been practiced in the pedagogic practice. Therefore, the implementation of curriculum diversification emphasizes multidisciplinary practice in higher education while respecting the diverse backgrounds of students. Since there are various problems and challenges in the existing curriculum, it seems that policy and practical measures need to be adopted to solve them. This article has indicated the need for teacher sensitivity and institutional flexibility with flexible curricula, along with policy commitment, to ensure the effectiveness of curriculum and pedagogic practice and equitable justice in higher education.
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.