नेपालका प्रमुख भाषा र शिक्षणको अवस्था {Nepal's Main Languages and Status of Teaching}

Authors

DOI:

https://doi.org/10.3126/bns.v27i1.66552

Keywords:

जनगणना census, भाषा language, भाषा परिवार language family, मातृभाषा mother tongue, वक्ता speaker

Abstract

प्रस्तुत लेख नेपालको भाषाको वर्तमान अवस्था, त्यसको भौगोलिक वितरण, नेपालमा मातृभाषाका रूपमा प्रयोग हुने प्रमुख भाषा, दोस्रो भाषाका रूपमा प्रयोग हुने प्रमुख भाषा र नेपालका भाषाहरूको शिक्षणको अवस्थाका बारेमा अध्ययनमा केन्द्रित छ । नेपालमा बोलिने प्रमुख भाषाको तुलनात्मक अध्ययन गरी भाषा शिक्षणको अवस्थालाई अध्ययन गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । गुणात्मक र परिमाणात्मक दुवै अनुसन्धान विधिमा आधारित प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषणका लागि वर्णनात्मक, विश्लेषणात्मक र तुलनात्मक विधिको प्रयोग गरिएको छ । नेपाल बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक हो । यहाँको भौगोलिक बनावटले पनि भाषिक स्थितिमा प्रशस्त प्रभाव पारेको छ । नेपालमा बोलिने भारोपेली, चिनियाँ–तिब्बती, द्रविडेली र आग्नेली गरी संसारमा बोलिने चारवटा परिवारका भाषाहरू तथा एकल परिवारको कुसुन्डा भाषाको बारेमा अध्ययन गरिएको छ । नेपालमा पछिल्लो समयमा आफ्नो मातृभाषाको संरक्षणप्रतिको चासो र भाषाका माध्यमबाट पहिचान खोज्ने प्रवृत्ति बढ्दै गएकाले भाषाको सङ्ख्या बढ्दै गएको अवस्था देखिएको छ भारोपेली विश्वको सबैभन्दा धेरै मानिसहरूले बोल्ने भाषाका रूपमा रहेको छ । नेपालमा पनि सबैभन्दा बढी वक्ता यसै भाषा परिवारको रहेको कुरा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट स्पष्ट हुन्छ । नेपालमा बोलिने विभिन्न मातृभाषाका शिक्षणको अवस्था र मातृभाषाको संरक्षण तथा विकासमा भएका विभिन्न कार्यहरूका बारेका पनि यस लेखमा अध्ययन गरिएको छ । यसप्रकार यस लेखमा नेपालका मुख्य भाषाको तथ्याङ्क प्रस्तुत गरी प्रमुख भाषाहरूको शिक्षणको अवस्थाका बारेमा अध्ययन गरिएको छ ।

{This article, the current studies of the language of Nepal, their geographical distribution, the main languages used as a mother tongue in Nepal, the major languages used as second languages and the teaching condition have been studied. The main objective of this article is to study the situation of language teaching by doing a comparative study of the major languages spoken in Nepal. In the article based on both qualitative and quantitative research methods, the materials collected from both primary and secondary sources have been done through library work. Descriptive, analytical and comparative methods have been used to analyze the collected materials. Nepal is a multi-ethnic, multicultural and multilingual country. The geographical structure has also had a great impact on the linguistic situation. Recently in Nepal, the number of languages is increasing due to the increasing interest in the preservation of their mother tongue and the tendency to find identity through language. The foru great language families manely Indo-European, Sino-Tibetan, Dravidian and Austro-Asiatic and a language isolate are spoken in Nepal. Indo-Eruopean of speakers in the world. National census of Nepal 2021 also shows that most numbers of speakers in Nepal are from the same family i.e. Indo European.  In this article, the teaching condition of various mother tongues spoken in Nepal and the various activities in the preservation and development of the mother tongues has been studied. In this way, in this article, the statistics of the major languages of Nepal have been presented and the teaching condition of them has been studied.}

Downloads

Download data is not yet available.
Abstract
28
PDF
25

Author Biography

शालिकराम Shalikram पौड्याल Paudyal, Tribhuvan University

Butwal Multiple Campus, Butwal

Downloads

Published

2024-07-18

How to Cite

पौड्याल Paudyal श. S. (2024). नेपालका प्रमुख भाषा र शिक्षणको अवस्था {Nepal’s Main Languages and Status of Teaching}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 27(1), 77–90. https://doi.org/10.3126/bns.v27i1.66552

Issue

Section

Articles