ग्रिसमा विशेष आवश्यकता शिक्षाको विकास तथा अभ्यासः नेपालको सन्दर्भमा उपादेयता {Development and Practices of Special Need Education in Greece : Usefulness in Nepalese Context}

Authors

  • कृष्ण बहादुर Krishna Bahadur थापा Thapa Tribhuvan University https://orcid.org/0000-0001-9518-3572
  • बासुदेव Basudev काफ्ले Kafle Tribhuvan University
  • शोभाखर Shobhakhar अर्याल Aryal Tribhuvan University
  • देवराज Devraj आचार्य Acharya Tribhuvan University https://orcid.org/0000-0003-0847-4836

DOI:

https://doi.org/10.3126/bns.v27i1.66545

Keywords:

विशेष आवश्यकता शिक्षा Special needs education

Abstract

ग्रिसमा विशेष आवश्यकता शिक्षामा गरिएका विकास तथा राम्रा अभ्यासहरू नेपालका सन्दर्भमा पनि उपयोगी हुन सक्दछन् । यस अध्ययनका उद्देश्यहरूमा ग्रिसको विशेष आवश्यकता शिक्षाको विकासको अवस्था र असल अभ्यासलाई प्रस्तुत गर्नु र त्यसलाई नेपालको सन्दर्भमा अनकूलन गर्न उपयुक्त सिफारिसहरू प्रदान गर्नु रहेको छ । यस व्रmममा सम्बन्धित अनुसन्धानमूलक साहित्यको पुनरावलोकन गर्न कथनात्मक विवरण विधिको आधारमा तथ्य, प्रमाणहरू प्रस्तुत गरिएको छ । यसले ग्रिसको विशेष आवश्यकता शिक्षाको अवस्था, अपाङ्गताको वर्गीकरण, कानुनी ढाँचा, संस्थागत उपागमहरू र चुनौतीहरूको अध्ययन गरिएको थियो । ग्रिसमा अपाङ्गतालाई बृहत् रूपमा तीन प्रकारमा वर्गीकरण गरी त्यस अन्तर्गत पर्ने अन्य अपाङ्गतालाई समेटिएको छ भने बालबालिकालाई राज्यको सम्पूर्ण खर्चमा अपाङ्गता पहिचान गर्ने, शिक्षाको पहुँच सुनिश्चित गर्ने, परिवारलाई समेत आवश्यक आर्थिक सहुलियत दिने कानुनी व्यवस्था गरिएको छ । आर्थिक मन्दी र शिक्षकमा समावेशी वा समाहित शिक्षाप्रति अपर्याप्त दृष्टिकोण रहनु ग्रिसको विशेष आवश्यकता शिक्षाका चुनौती हुन् । ग्रिसमा अपाङ्गता भएका व्यक्तिहरूको सहजीकरण, शिक्षा, पुनर्स्थापना कार्यहरू परिमार्जित, व्यवहारिक र अनुकरणीय देखिन्छन् । शिक्षामा सबैको पहुँच स्थापित गर्न अपाङ्गताको बृहत् वर्गीकरण होस् वा समावेशी शिक्षा, विशेष शिक्षाका साथै छुट्टै विशेष व्यवस्था गर्ने नीतिअनुसार अपाङ्गता भएका बालबालिकाका आवश्यकता अनुसार घरमै, अस्पतालमा वा अन्य जुनसुकै स्थानमा पनि शिक्षा दिनुपर्ने व्यवस्था महत्त्वपूर्ण देखिन्छ । ग्रिसमा भएका विशेष आवश्यकता शिक्षाका यस्ता विकास तथा अभ्यासहरूलाई नेपालको सन्दर्भमा उपयोगी प्रावधानका रूपमा लिन सकिन्छ ।

{The development, changes and good practice of special needs education (SNE) in Greece can be a reference to the context of Nepal. The purposes of the study are (i) to disseminate knowledge on developmental status and practice of SNE in Greece, and (ii) to offer recommendations in adapting good practice to the context of Nepal. Narrative description was used to review relevent literatures on developmental status, classification of disabilities, legal framework, instructional approaches and, issues and challenges of special needs education faced by Greece. The recommendations on work as a reference to the Nepalese context to develop similar good practices are offered. The entire costs of assessment of children for a possible disability are borne by the state and legal assurance to have access to education and family allowances for taking care of their children with disabilities bonding by the legal framework. These provisions are, however, challenged by uncertain continuity of such good practices due to economic crisis as well as a low positive teachers' attitude toward inclusive education. The efforts made by government to enhance potentiality of individuals with disabilities to promote their independent life, education and rehabilitation are highly practicable and adaptable to the Nepalese context. Practices as broader classification of disabilities, provision of inclusive education as well as special education and education at home or hospital or elsewhere as per the needs of childen with special needs can be implemented. Nepal can learn from the development of special needs education and family's social welfare system in Greece.}

Downloads

Download data is not yet available.
Abstract
53
PDF
13

Author Biographies

कृष्ण बहादुर Krishna Bahadur थापा Thapa, Tribhuvan University

Sanothimi Campus 

Bhaktapur

शोभाखर Shobhakhar अर्याल Aryal, Tribhuvan University

Central Department of Education

Kirtipur

देवराज Devraj आचार्य Acharya, Tribhuvan University

Research Centre for Educational Innovation and Development (CERID)

Balkhu, Kathmandu

Downloads

Published

2024-07-18

How to Cite

थापा Thapa क. ब. K. B., काफ्ले Kafle ब. B., अर्याल Aryal श. S., & आचार्य Acharya द. D. (2024). ग्रिसमा विशेष आवश्यकता शिक्षाको विकास तथा अभ्यासः नेपालको सन्दर्भमा उपादेयता {Development and Practices of Special Need Education in Greece : Usefulness in Nepalese Context}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 27(1), 65–76. https://doi.org/10.3126/bns.v27i1.66545

Issue

Section

Articles