समानान्तरताका दृष्टिले एटलान्टिक स्ट्रिट उपन्यास र यसको शैक्षणिक उपयोग {Atlantic Street Novel from Parallelism Perspective and it's Pedagogical Implications}

Authors

DOI:

https://doi.org/10.3126/bns.v27i1.66491

Keywords:

अर्थतात्त्विक समानान्तरता semantic parallelism, कोशीय समानान्तरता lexical parallelism, ध्वनितात्त्विक समानान्तरता phonological parallelism, व्याकरणिक समानान्तरता grammatical parallelism, शैलीविज्ञान stylistics

Abstract

प्रस्तुत लेखमा साहित्यकार जनार्दन पुडासैनी ‘राजव’ द्वारा लिखित एटलान्टिक स्ट्रिट उपन्यासलाई शैलीवैज्ञानिक दृष्टिले विश्लेषण गरिएको छ । यस लेखको मुख्य उद्देश्य प्रस्तुत उपन्यासमा निहित समानान्तरताको अध्ययन गर्नु रहेको छ । यसका अन्य उद्देश्यहरूमा उपन्यासमा व्यवहृत ध्वनितात्त्विक समानान्तरताको अन्वेषण गर्नु, उक्त उपन्यासमा निहित कोशीय समानान्तरता पत्ता लगाउनु, उपन्यासमा प्रयुक्त व्याकरणिक समानान्तरताको खोजी गर्नु र अर्थतात्त्विक समानान्तरताका दृष्टिले उपन्यासको समीक्षण गर्नु रहेका छन् । प्रस्तुत अध्ययन ज्ञानमीमांशाअन्तर्गतको व्याख्यात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा गुणात्मक अध्ययन विधिको प्रयोग गरी एटलान्टिक स्ट्रिट उपन्यासबाट आवश्यक तथ्यको सङ्कलन गरिएको छ । यसरी सङ्कलित तथ्यलाई शैलीविज्ञानसम्बद्ध सैद्धान्तिक अवधारणाका आधारमा व्याख्या, विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा विवेच्य उपन्यासमा चार प्रकारका समानान्तरता : ध्वनितात्त्विक समानान्तरता, कोशीय समानान्तरता, व्याकरणिक समानान्तरता र अर्थतात्त्विक  समानान्तरताको प्रयोग गरिएको, उपन्यासमा प्रयुक्त समानान्तरताका मााध्यमबाट औपन्यासिक सौन्दर्य अभिवृद्धिमा सहयोग पुगेको लगायतका निष्कर्ष प्रस्तुत गरिएको छ । यसबाट उपन्यासमा निहित समानान्तरताबारे जानकारी अधिगत गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । साथै विद्यार्थी, अध्यापनरत शिक्षक तथा शैलीविज्ञानका क्षेत्रमा क्रियाशील एवम् रुचिकर सबैलाई यस लेखले आवश्यकीय सहयोग पुर्‍याउने ठानिएको छ ।

{This article is based on the stylistic analysis of Atlantic Street a novel written by Janardan Pudasaini 'Rajav'. The main purpose of this article is to study the parallelism inherent in the present novel. Other objectives are to explore the phonetic parallelism used in the novel, to find out the lexical parallelism contained in the novel, to search for the grammatical parallelism used in the novel and to review the novel from the point of view of semantic parallelism. This study is based on the explanatory framework under epistemology. Qualitative research method has been used in this study. Essential facts from the novel have been collected in it. The collected facts have been explained and analyzed based on theoretical concepts related to stylistics. On the basis of the study, four types of parallelism: phonological parallelism, lexical parallelism, grammatical parallelism and semantic parallelism are used in the novel. It is expected that this will help to gain information about the parallelism contained in the novel. It is considered that this article will provide necessary support to teachers, students and everyone who are active and interested in the field of stylistics.}

Downloads

Download data is not yet available.
Abstract
27
PDF
16

Author Biography

केशव Keshav भुसाल Bhusal, Tribhuvan University

Central Department of Education, Kirtipur, Kathmandu

Downloads

Published

2024-07-18

How to Cite

भुसाल Bhusal क. K. (2024). समानान्तरताका दृष्टिले एटलान्टिक स्ट्रिट उपन्यास र यसको शैक्षणिक उपयोग {Atlantic Street Novel from Parallelism Perspective and it’s Pedagogical Implications}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 27(1), 169–178. https://doi.org/10.3126/bns.v27i1.66491

Issue

Section

Articles