माध्यमिक तहका विद्यार्थीहरूको पठन संस्कृतिले शैक्षिक उपलब्धिमा पारेको प्रभाव {The effects of reading culture on reading achievement of secondary school students}

Authors

DOI:

https://doi.org/10.3126/bns.v27i1.66490

Keywords:

पठनबोध reading comprehension, पठनमैत्री वातावरण reading comprehension, पठन संस्कृति reading culture, पढाइप्रतिको मनोवृत्ति attitude towards reading

Abstract

पठनलाई बानीका रूपमा विकास गरी संस्कृतिकै रूपमा अवलम्बन गर्नाले विद्यार्थीमा ज्ञानको दायरा बढ्न गई सिर्जनात्मक, समालोचनात्मक क्षमता विकासमा योगदान पुगी सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पर्छ । नेपालको माध्यमिक तहका विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार चुनौतीको विषय रहेको सन्दर्भमा पठन संस्कृतिको अध्ययन गरी त्यसको शैक्षिक उपलब्धिसँगको सम्बन्ध पहिचान कार्य कमै मात्र भएको छ । यस सन्दर्भमा कीर्तिपुर नगरपालिकाका दुई ओटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूको पठन संस्कृतिको अन्वेषण गरी त्यसको सिकाइ उपलब्धिसँगको सम्बन्ध पहिचान गर्ने उद्देश्यमा यो अनुसन्धान लेख केन्द्रित छ । परिमाणात्मक अनुसन्धान ढाँचामा आधारित यस अनुसन्धानमा सर्वेक्षण प्रश्नावलीको उपयोग गरी सामग्री सङ्कलन गरी एस्.पी.एस्.एस्. सफ्टवयरका सहायताले तथ्याङ्कशास्त्रीय विश्लेषण गरी निष्कर्ष निकालिएको छ । कक्षा नौका विद्यार्थीको पढाइप्रतिको मनोवृत्ति सकारात्मक रहेको, शिक्षकबाट पठन संस्कृति प्रवद्र्धनका लागि महत्त्वपूर्ण प्रयास भए पनि विद्यालयको पुस्तकालय तथा घरमा पर्याप्त रुचिअनुसारका सामग्री र पठन संस्कृतिलाई प्रवर्धन गर्ने खालको स्पष्ट कार्यक्रम विद्यालयमा र घरमा पनि सचेत प्रयास हुन नसकेको अवस्था यस अनुसन्धानले उजागर गरेको छ । पर्याप्त पठन अभ्यासका कारण आफ्नो पठन क्षमताप्रति आत्मविश्वास बढ्न नसकेको तथा विविध खालका समस्याहरू भोग्न केही विद्यार्थीहरू बाध्य भएको तथा पठन संस्कृति र सिकाइ उपलब्धिका बिचमा सकारात्मक सम्बन्ध रहेको पनि अनुसन्धानबाट स्पष्ट भएको छ । विद्यार्थीको पठन संस्कृतिको महत्त्वबोध गरी अभिभावक तथा विद्यालयले बालबालिकाका रुचि बढ्ने खालका पठन सामग्रीको प्रबन्ध गरी नियमित पठन कार्यमा संलग्न गराउनुपर्ने देखिन्छ । यसो भएमा विद्यार्थीमा पठन बानी तथा संस्कृति विकास भई पठनगत कठिनाइ कम भई प्रभावकारी पठन क्षमताका कारण सिकाइ उपलब्धिमा समेत वृद्धि भई विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत सकारात्मक प्रभाव पर्छ । 

{Developing reading as a habit and adopting it as a culture expand students' knowledge and contribute to their creative and critical abilities, which ultimately have a positive impact on their learning achievement. In the context of the challenges of improving the academic achievement of secondary-level students of Nepal, very little work has been done on reading culture and its relationship with academic achievement. In this context, this article aims to explore  the reading culture of students of two public secondary schools in Kirtipur Municipality and identify its relationship with learning achievement. This study is based on quantitative research framework. The data was collected through a survey questionnaire and statistical analysis was conducted with the help of SPSS software. Findings reveal the positive attitude of class nine students towards reading. Despite teachers' efforts to promote reading culture, no concerted effort was made to provide adequate materials in the school library and at home. Furthermore, the findings show students' low confidence in reading ability and some students facing various problems. Overall, there is a positive relationship between reading culture and learning achievement. Recognizing the importance of students' reading culture, parents and schools should manage reading materials that increase childrens' interest and engage them in regular reading activities. Students' increased engagement in reading  will develop their reading habits and culture, leading to increased learning acheivement and also contributing to their overall personality development.}

Downloads

Download data is not yet available.
Abstract
33
PDF
22

Author Biography

महेन्द्र Mahendra न्यौपाने Neupane, Tribhuvan University

Research Centre for Educational Innovation and Development (CERID)

Kirtipur, Kathmandu

Downloads

Published

2024-07-18

How to Cite

न्यौपाने Neupane म. M. (2024). माध्यमिक तहका विद्यार्थीहरूको पठन संस्कृतिले शैक्षिक उपलब्धिमा पारेको प्रभाव {The effects of reading culture on reading achievement of secondary school students}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 27(1), 117–138. https://doi.org/10.3126/bns.v27i1.66490

Issue

Section

Articles