एक पैसा कथामा सीमान्तीयता {Subalternity in Ek Paisa Story}

Authors

DOI:

https://doi.org/10.3126/bns.v27i1.66447

Keywords:

पहिचान identity, प्रतिनिधित्व representation, विचारधारा ideology, सीमान्तीयता subalternity

Abstract

समतामूलक समाज स्थापनाको अवधारणा र सीमान्त समुदायको केन्द्रीयतामा आधारित साहित्यिक कृतिको मूल्याङ्कन गर्ने सैद्धान्तिक पर्याधार नै सीमान्तीयता हो । यसै सिद्धान्तका आधारमा भवानी भिक्षुको ‘एक पैसा’ कथाको विश्लेषण यस लेखमा गरिएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिका आधारमा यस अध्ययनका निम्ति प्रस्तुत कथाको छनोट गरिएको छ । सीमान्तीय अध्ययनको सैद्धान्तिक पर्याधार, प्राथमिक एवम् द्वितीयक स्तरको सामग्री एवम् गुणात्मक र पाठविश्लेषणात्मक अनुसन्धान पद्धतिको उपयोग गरी यस लेखलाई पूर्ण बनाइएको छ । सीमान्त पात्र पहिचानका अभिलक्षणहरूको लैङ्गिकता, जातीयता, वर्गीयता एवम् पारिवारिक, सामाजिक र आर्थिक अवस्था, सीमान्त पात्रको प्रतिनिधित्वको सक्रिय र विश्वसनीय अवस्था, विचारधारा एवम् परिणामगत कमजोर अवस्था तथा अभिव्यक्तिगत अवस्थाको सीमान्त पात्रीय र लेखकीय अभिव्यक्तिका आधारमा उक्त कथाको मूल्याङ्कन गरिएको छ । सीमान्त समुदायलाई मानवअधिकारका साथ जीवनयापन गर्ने सामाजिक वातावरण बनाउँदा र मान्छेले परसेवायुक्त आचरण र व्यवहार अपनाउँदा मात्र मानवीय श्रेष्ठता कायम भई लोकमङ्गल हुने सचेतनासम्बन्धी विचारको सञ्चार कथामा भएको छ । यस्तो जनहितकारी विमर्शलाई प्रभावान्वितिपूर्ण ढङ्गले पाठकसमक्ष पुर्‍याउने विशिष्ट सिर्जनात्मक सामर्थ्य यस कथामा छ । मानव जीवनको गरिमा, श्रेष्ठता र सार्थकता सिद्ध गर्ने कार्यमा सघाउने एवम् यस्तो विमर्श व्यक्त गर्ने यो अध्ययन शैक्षणिक प्रयोजनका दृष्टिले औचित्यपूर्ण रहेको छ । यसबाट साहित्यकारलाई सीमान्त समुदायको केन्द्रीयतामा साहित्यिक कृतिको रचना, समालोचक र अध्येतालाई सीमान्तीयताको सिद्धान्तका आधारमा साहित्यिक कृतिको अध्ययन एवम् पाठकलाई समतामूलक समाजको स्थापना र लोककल्याणको अवधारणाअनुसारको आचरण र व्यवहार अपनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

{Subaltern studies is the theoretical basis for evaluating literary works based on the concept of establishing an egalitarian society and the centrality of marginal communities. Based on this theory, Bhavani Bhikshu's story 'Ek Paisa' is analyzed in this article. The story presented for this study has been selected based on the objective sample selection method. This article has been completed using the theoretical basis of subaltern studies, primary and secondary level materials, and qualitative and textual analytical research methods.The story has been evaluated on the basis of gender, ethnicity, class and family, social and economic status of the characteristics of marginal character identity, active and reliable condition of representation of marginal characters, ideological and consequently weak conditions and marginal character and authorial expression. The study communicates the idea of ​​awareness that only when the marginal communites in a social environment live with human rights, and when people adopt altruistic behavior, human superiority will be maintained and the people will be happy. This study has a unique creative ability to convey such public interest discussion to the readers in an justified from the point of view of educational purposes, which helps in proving the dignity, excellence and meaningfulness of human life writers are expected to create literary works based on subaltern theory and the readers are expected to help adopt behavior and conduct in accordance with concept of establishing an egalitarian society and public welfare.}

Downloads

Download data is not yet available.
Abstract
32
PDF
10

Author Biography

त्रिभुवन Tribhuvan बरई Barai, Tribhuvan University

Bhairahawa Multiple Campus

Bhairahawa

Downloads

Published

2024-07-18

How to Cite

बरई Barai त. T. (2024). एक पैसा कथामा सीमान्तीयता {Subalternity in Ek Paisa Story}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 27(1), 49–64. https://doi.org/10.3126/bns.v27i1.66447

Issue

Section

Articles