उच्च शिक्षामा सत्र प्रणालीको प्रभावकारिता {Effectiveness of semester system in higher education}

Authors

DOI:

https://doi.org/10.3126/bns.v27i1.66422

Keywords:

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन quality assurance and accreditation, विद्यार्थी आँकलन student assessment, सत्र प्रणाली semester system, स्वायत्तता autonomy

Abstract

नेपालको उच्च शिक्षामा सत्र प्रणालीको सुरुवात राष्ट्रिय शिक्षा पद्धतिको योजना कार्यान्वयनसँगै भए पनि त्यस समयमा उक्त पद्धतिका राम्रा पक्षहरूलाई कम आँकलन गर्दै वि. सं. २०३८ को पाठ्यक्रम कार्यान्वयनमा आएपछि सो पद्धतिलाई हटाइएको थियो । वि.सं. २०७० पछि त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा यो पुनः कार्यान्वयन गरिएको प्रणाली प्रारम्भमा विज्ञान शिक्षा कार्यक्रमतर्फ विश्वविद्यालय क्याम्पस, कीर्तिपुर, त्यसपछि काठमाडौं उपत्यकाका क्याम्पसहरू र देशभर क्रमश: कार्यान्वयन गरिएको थियो जसमा सत्र प्रणालीको प्रभावकारिताअन्तर्गत विद्यार्थीहरूको सहभागिता, उनीहरूका गृहकार्य, शैक्षिक गतिविधिहरूको मूल्याङ्कन तथा प्रशासनिक एवम् प्राविधिक सहयोगका विविध पक्षहरूबाट विद्यार्थीले प्राप्त गर्ने उपलब्धिहरू पर्छन् । उच्च शिक्षामा सत्र प्रणालीको प्रभावकारिता विश्लेषण गर्ने, यसमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या समाधानका लागि उपायहरू पत्ता लगाउने उद्देश्य राखिएको यस अध्ययनमा सत्र प्रणालीको प्रभावकारिता कस्तो रहेको छ भन्ने सन्दर्भमा काठमाडौँ उपत्यकाका तीनवटा आङ्गिक तथा एउटा सम्बन्धन प्राप्त क्याम्पसमा घटना अध्ययन विधिका माध्यमबाट आवश्यक सूचनाहरू सङ्कलन गरी तिनीहरूको व्याख्या विश्लेषणबाट यो अनुसन्धान कार्य सम्पन्न गरिएको छ । गुणात्मक ढाँचामा गरिएको यस अध्ययनलाई प्राथमिक सूचना सङ्कलनमा केन्द्रित गरी त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहका मुख्य मुद्दा तथा चुनौतीहरूलाई उल्लेख गर्दै सत्र प्रणालीको प्रभावकारितालाई विश्लेषण गरिएको छ । भौतिक पक्षको व्यवस्थापन, विद्यार्थी मूल्याङ्कन पद्धति, प्रविधिको प्रयोग, विद्यार्थी भर्ना र नियमितता एवम् प्रशासनिक पक्षमा देखिएका समस्याहरूलाई आर्थिक, प्राज्ञिक तथा प्रशासनिक रूपमा समाधान गर्दै यसको थप प्रभावकारिताका लागि शिक्षक तथा विद्यार्थीहरूलाई आफ्ना कार्यमा पूर्णरूपमा जिम्मेवार बनाउने र त्यसको अनुगमन सम्बन्धित विभाग, क्याम्पस तथा डिन कार्यालयले समेत गर्नाका साथै व्यवस्थापकीय, शैक्षिक तथा भौतिक पक्षको कार्यान्वयनसँगै विद्यार्थी उपलब्धिको निरन्तर रूपमा मूल्याङ्कन गर्दै सुधारात्मक कार्यमा सम्बद्ध व्यक्ति र निकायको क्रियाशीलता समेत आवश्यक देखिन्छ ।

{The semester system of higher education in Nepal was introduced after the National Education System Plan 2028 BS. It was removed after the implementation of Curriculum Implementation Plan 2036 BS. At 2070 BS this programme was reintroduced in the master's degree of Tribhuvan University. At that time, it was reintroduced in the central department first and inside the colleges of the valley and all over the country respectively. In this program, students have achieved the targeted aims through their regular classes, and participation in the educational program, evaluation scheme, technical and administrative support, and different instructional activities. To analyze the effectiveness of the semester system, assess the problems of this system, and cope with the challenges of this program are the objectives of this study. Through the purposive sampling technique, one of the constituent and two affiliated colleges are selected inside the valley in this study. After generating the information, such information is analyzed and interpreted. Qualitative research design implies that this study analyzed the major problems of its effectiveness through primary information. Management of physical aspect, student assessment system, use of technology, student enrollment, and regularity are some of the problems of this system. Through economic, academic, and administrative management, this program can be made effective. Similarly, by enhancing the teacher's and student's responsibility and monitoring by the Dean's office the effectiveness of this program can be increased. The activation of the concerned people, management of academic and economic aspects in the regularity of students, and their instructional activities with remedial efforts, this program is also effective.}

Downloads

Download data is not yet available.
Abstract
49
PDF
25

Author Biography

कृष्ण बहादुर Krishna Bahadur जिसी GC, Tribhuvan University

Mahendra Ratna Campus

Downloads

Published

2024-07-18

How to Cite

जिसी GC क. ब. K. B. (2024). उच्च शिक्षामा सत्र प्रणालीको प्रभावकारिता {Effectiveness of semester system in higher education}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 27(1), 35–48. https://doi.org/10.3126/bns.v27i1.66422

Issue

Section

Articles