बादी समुदायका बालबालिकाहरूको विद्यालय शिक्षामा पहुँच

Authors

  • दिपक Dipak खनाल Khanal

Keywords:

बादी समुदाय, विद्यालय शिक्षा, शिक्षामा पहुँच, गरिबी, सिपमूलक शिक्षा

Abstract

प्रस्तुत लेख समाजमा पछाडि परेको दलित जाति भित्रको पनि दलित भनेर चिनिने बादी समुदायका बालबालिकाहरूको विद्यालय शिक्षामा पहुँचको अवस्था विषयमा केन्द्रित छ । बादी समुदायका बालबालिकाहरूको विद्यालयमा सहभागिता, प्रमुख शैक्षिक समस्याहरू र शैक्षिक समस्याहरूलाई समाधान गर्ने उपायहरू खोजी गर्ने उद्देश्यले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० झुप्रा खोला किनाराको बादी बस्तीलाई आधार मानी २०७६ साल माघ र फागुन महिनामा अध्ययन क्षेत्रमा गई अवलोकन, सम्बन्धित सरोकारवाला पक्षसँग छलफल र अन्तर्वार्तामार्फत सूचना तथा जानकारीहरू प्राप्त गरिएको थियो । प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न संघसंस्थाका प्रतिनिधिका विचारहरूलाई विभिन्न सिद्धान्त र साहित्यसँग तुलना गरी निष्कर्ष निकालिएको छ । बादी समुदायको बाहुल्यता भएको ठाउँका विद्यालयहरूमा समेत उनीहरूको विद्यालयमा सहभागिताको अवस्था न्यून रहेको देखिन्छ । उनीहरूका प्रमुख शैक्षिक समस्याहरू गरिबी, जनचेतनाको अभाव कायमै रहनु र बालविवाह आदि छन् । चेतनामूलक र आयआर्जनमूलक कार्यक्रम सञ्चालन, भेदभावपूर्व वातावरणको अन्त्य गरी बालबालिकाहरूलाई विद्यालयमा दिवा खाजा र छात्रवृत्ति रकमको वृद्धि गरिनुका साथै सिपमूलक शिक्षा प्रदान गरी रोजगारीको सुनिश्चितता गर्नुपर्ने जस्ता कुराहरू अध्ययन क्षेत्रमा सम्बन्धित सरोकारवाला पक्षहरूले औंल्याएका छन् । अनुकूल वातावरण सृजना गरी बादी समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।

Abstract
286
PDF
0

Author Biography

दिपक Dipak खनाल Khanal

Research Centre for Educational Innovation and Development (CERID)

Downloads

Published

2020-12-31

How to Cite

खनाल Khanal द. . D. (2020). बादी समुदायका बालबालिकाहरूको विद्यालय शिक्षामा पहुँच. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 38-59. https://doi.org/10.3126/bns.v24i1.62517

Issue

Section

Articles

How to Cite

खनाल Khanal द. . D. (2020). बादी समुदायका बालबालिकाहरूको विद्यालय शिक्षामा पहुँच. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 38-59. https://doi.org/10.3126/bns.v24i1.62517