शिक्षकको पेसागत विकासको प्रभावकहरूका सम्बन्धमा सरोकारवालाहरूको अवधारणा {Stakeholders’ Perceptions of the Variables of Teachers’ Professional Development}

Authors

  • दिपक Dipak खनाल Khanal Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v26i1.61462

Keywords:

अनुकूल कार्यवातावरण {favorable environment} , गुणस्तरीय शिक्षा {quality education}, पेसागत विकास {professional development}, शिक्षक तालिम {teacher training}, शिक्षण पेसा {teaching profession}

Abstract

प्रस्तुत लेख शिक्षकको पेसागत विकासमा प्रभाव पार्ने प्रभावकहरूका सम्बन्धमा सरोकारवालाको धारणासँग सम्बन्धित छ । यस अध्ययनको प्रमुख उद्देश्य नेपालका सामुदायिक विद्यालयका माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको पेसागत विकासमा प्रभाव पार्ने प्रभावकहरूको विश्लेषण गर्नु रहेको छ । पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गरी विद्यार्थीमा अपेक्षित सिकाइ उपलब्धि हासिल गराउनु शिक्षकको पेसागत कर्तव्य हुन्छ । विभिन्न तथ्याङ्कका आधारमा शिक्षकको पेसागत विकासमा विभिन्न पक्षहरू जस्तैः शिक्षकले पाउने सेवा सुविधाहरू, पदोन्नतिमा विलम्ब, पेसागत विकास तालिममा सहभागिताको अवसर नपाउनु, विद्यालयमा कार्य गर्ने वातावरण अनुकूल नहुनु, राजनीतिको प्रभाव शिक्षकको पेसागत विकासमा पर्नु साथै शिक्षकले प्राप्त गर्ने पुरस्कार, दण्ड जस्ता विविध पक्षहरूको प्रभाव शिक्षकको पेसागत विकासमा पर्ने गरेको छ । यस अध्ययनको ढाँचा गुणात्मक रहेको छ । नमुना छनोटको लागि लुम्विनी प्रदेशमा अवस्थित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका अन्तर्गतका छवटा माध्यमिक विद्यालयमा अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका अध्यापनरत शिक्षकहरू, उक्त विद्यालयका प्रधानाध्यापकहरू र नगर शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुखलाई नमुनाको रूपमा छनोट गरी जानकारी तथा सूचना सङकलनको विश्लेषण गरिएको छ । जसका लागि विभिन्न सिद्धान्त साहित्य, नीति नियम, ऐन, कानुन आदिका आधारमा त्रिकोणात्मक र बहुकोणात्मक विश्लेषण समेत गरी निष्कर्ष निकालिएको छ । अध्ययन क्षेत्रका प्रधानाध्यापक एवम् विभिन्न सरोकारवालापक्षहरूको अवधारणा अनुसार शिक्षकको पेसागत विकासको अभावमा अन्य क्षेत्रको लागि आवश्यक पर्ने दक्ष एवम् सिपयुक्त जनशक्ति उत्पादनमा समेत प्रभाव परेको देखिन्छ । शिक्षक स्वयम्ले पनि आफ्नो पेसालाई नाफा घाटासँग तुलना नगरी सेवाभावको रूपमा आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्दछ । अतः सरोकारवाला पक्ष सबैले शिक्षकको पेसागत विकासमा प्रभाव पार्ने विभिन्न प्रभावकहरू जस्तैः शिक्षकले पाउने सेवा सुविधामा समयानुकूल परिमार्जन सहित उपलब्ध गराउनु पर्ने, कार्यको मूल्याङ्कन र समयावधिका आधारमा हरेक शिक्षकले पदोन्नति हुने अवसर प्राप्त गर्नुपर्ने, प्रत्येक विद्यालयले अनुकूल कार्य वातावरण निर्मण गर्नुपर्ने र राजनैतिक हस्तक्षपको अन्त्य गर्ने कार्यले शिक्षकको पेसागत विकासमा सहयोग पुग्ने देखिन्छ । शिक्षकको पेसागत विकासमा अभिवृद्धि गर्न सकेमा गुणस्तरीय शिक्षाका लागि योगदान पुग्दछ ।

{This article is related to the factors affecting the professional development of teachers.  The main objective of the study is to analyze the secondary level community school teachers’ perceptions of the variables affecting teachers’ professional development. The teacher’s major professional responsibility is to equip the learners with the learning outcomes provisioned by the curriculum. The learners’ learning outcomes cannot be effective unless the teacher is proficient in the profession. Therefore, for a teacher to be professionally proficient, he/she needs opportunities of professional development. Several factors as variables influence the professional development of teachers, such as, the quality of services and facilities they receive, delay in promotion, no opportunity for professional development trainings, no favorable work environment at school, political influence on teacher development, and reward and punishment. The study has a qualitative method in which information collected from the teachers teaching English, Mathematics, Science, Nepali and Social Studies and the headmasters of six secondary schools, and the head of the Education, Youth and Sports Section of Bhumikasthan Municipality, Arghakhanchi have been sampled for the study, and the information has been analyzed. The collected data connecting the literature, rules and regulations have been discussed using the triangular and multivariate analysis processes. As the sampled informants have reported, the absence of teachers’ professional development also affects the development of proficient and skilled human resources required for other sectors.  Teachers should work without comparing one-to-one profit and loss, but serve the education sector selflessly. Therefore, all stakeholders indicate towards creating a favorable environment of achieving the variables influencing teachers’ professional development, such as periodically adjusting teachers’ services and facilities, promotion opportunities for each teacher on the basis of work performance and the service period, creating a favorable work environment, and eliminating political interference.}

Downloads

Download data is not yet available.
Abstract
36
PDF
39

Author Biography

दिपक Dipak खनाल Khanal, Tribhuvan University

Research Centre for Educational Innovation and Development, Kathmandu

Downloads

Published

2022-12-31

How to Cite

खनाल Khanal द. D. (2022). शिक्षकको पेसागत विकासको प्रभावकहरूका सम्बन्धमा सरोकारवालाहरूको अवधारणा {Stakeholders’ Perceptions of the Variables of Teachers’ Professional Development}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 26(1), 107–118. https://doi.org/10.3126/bns.v26i1.61462

Issue

Section

Articles