नेपाली शिक्षा दर्शनाचार्य तहका विद्यार्थीको शैक्षिक सङ्घर्ष, चुनौती र अनुभूति {Academic struggle, challenges and experience of students of Nepali Education Darshancharya level}

Authors

  • भागिरथा Bhagiratha न्यौपाने Nyaupane त्रि.वि., सानोठिमी क्याम्पस, भक्तपुर

DOI:

https://doi.org/10.3126/bns.v45i25.59979

Keywords:

भाषिक चुनौति, उच्च शिक्षा, कार्यभार, नैतिक सङ्कट, प्रविधिसम्बन्धी समस्या

Abstract

यस लेखमा त्रिभुवन विश्वविद्यालयको दर्शनाचार्य तहको नेपाली शिक्षाअन्तर्गत प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीको शैक्षिक गतिविधिसम्बन्धी अनुभूतिका अन्तरकुन्तर खोतल्ने उद्देश्य राखिएको छ । नेपाली शिक्षा विषयका विद्यार्थीहरूको शैक्षिक अनुभव कस्तो छ, उनीहरूले कस्ताकस्ता शैक्षिक चुनौतीहरू भोगिरहेका छन् र उनीहरूको शैक्षिक सङ्घर्ष कसरी अघि बढिरहेको छ भन्ने प्रश्नहरूमा यो लेख केन्द्रित रहेको छ । भर्चुअल अन्तर्वार्तालाई सूचना सङ्कलनको मुख्य साधन मानेर सहभागीका भोगाइ तथा अनुभूतिहरूलाई सङ्लन गरिएको छ । सहभागीबाट लिइएका चारओटा अन्तर्वार्ता र ती अन्तर्वार्ताका सूचनाबाट तीनवटा मुख्य शीर्षक बनाई सहभागीका भनाइहरू समेटेर विश्लेषण गरिएको छ । नेपाली शिक्षाका विद्यार्थी प्रविधि र अङ्ग्रेजी भाषाको प्रयोगमा कमजोर रहेका हुनाले शिक्षण सिकाइमा समस्या देखिएको छ । प्रविधिसम्बन्धी समस्या विद्यार्थीमा मात्र होइन शिक्षकमा पनि पाइएको छ । दर्शनाचार्य तहमा विषयवस्तुको व्यापकता रहेको र त्यसलाई आलोचनात्मक ढङ्गले विश्लेषण गर्नुपर्ने, एकै समयमा धेरै काम गरी समयमै बुझाउनुपर्ने जस्ता कामका भएका विद्यार्थीलाई सामग्री सङ्कलन तथा तिनको अध्ययन र विश्लेषण गर्ने कार्य चुनौतीपूर्ण रहेको हुनाले कक्षा सहभागितामा उनीहरू पछि परेको देखिन्छ । अध्ययन, अनुसन्धान र अध्यापनको कार्यशैलीलाई शिक्षक र विद्यार्थी दुवैले समयअनुसार परिवर्तन गर्दै र अध्ययन, अनुसन्धानको दायरालाई फराकिलो बनाउदै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक भएकोनिचोड यस लेखको छ l

Downloads

Download data is not yet available.
Abstract
47
PDF
53

Downloads

Published

2023-11-20

How to Cite

न्यौपाने Nyaupane भ. B. (2023). नेपाली शिक्षा दर्शनाचार्य तहका विद्यार्थीको शैक्षिक सङ्घर्ष, चुनौती र अनुभूति {Academic struggle, challenges and experience of students of Nepali Education Darshancharya level}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 179–201. https://doi.org/10.3126/bns.v45i25.59979

Issue

Section

Articles