स्नातक र स्नातकोत्तर तहका नेपाली भाषा शिक्षण सम्बद्ध पाठ्य विषयहरूको छनोट र स्तरण {Selection and grading of Nepali language teaching related subjects at undergraduate and postgraduate levels}

Authors

  • बुद्धराज Buddharaj खनिया Khaniya त्रि.वि., शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/bns.v45i25.59978

Keywords:

पाठ्य विषय, शैक्षणिक आधार, सङ्गठन, स्तरण्

Abstract

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले निर्माण गरी लागु गरेको वार्षिक प्रणालीमा आधारित चार बर्से स्नातक तह र सत्र प्रणालीमा आधारित स्नातकोत्तर तहका नेपाली भाषा शिक्षणका पाठ्यांशमा समाविष्ट पाठ्य विषयहरूको छनोट र स्तरणका दृष्टिकोणबाट अध्ययन गर्ने उद्देश्य राखेर तयार पारिएको यो आलेखगुणात्मक अनुसन्धानको पुस्तकालयीय कार्यमा आधारित छ । यसमा उक्त तहका नेपाली शिक्षाका पाठ्यांशमध्येबाट नेपाली भाषा शिक्षणका पाठ्यांश छनोट गरी सोही पाठ्यांशबाट तथ्यहरू सङ्कलन गरेर गुणात्मक अध्ययनको ढांचा ढाचाअनुसार वर्णनात्मक एवम् तालिकीकरण गरी विश्लेषण गरिएको छ । प्रस्तुत व्याख्या विश्लेषणबाट नेपाली भाषा शिक्षणका केही पाठ्य विषयहरूको छनोट र स्तरणमा शैक्षणिक आधार देखिन्छ भने केही पाठ्य विषयहरूको छनोट र स्तरणमा शैक्षणिक आधार खण्डित भएको पाइन्छ । प्राथमिकताका आधारमा स्नातकोत्तर तहका शास्त्रीय भाषाको सापेक्षतामा नेपाली शिक्षण, नेपाली शिक्षणको परम्पराजस्ता पाठ्यविषयहरू हटाएर नेपालको बहुभाषिक परिवेशअनुसार दोस्रो भाषा सिकाइ, द्विभाषिक तथा बहुभाषिक शिक्षाका पाठ्य विषयहरू सविस्तार समावेश गर्नु आवश्यक छ । त्यसैगरी पाठ्य विषयको प्रकृतिअनुसार कक्षाव्यवस्था र निराकरणात्मक शिक्षणजस्ता पाठ्य विषयका एकाइलाई पुनर्सङ्गठित गर्नुपर्ने हुन्छ । साथै शैक्षणिक दृष्टिले दुबै तहका पाठ्यांशमा अन्तिम एकाइमा राखिएका ŗअध्यापन योजनालाई प्रारम्भिक एकाइमा स्तरण गर्नु अझ उपयुक्त हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
61

Downloads

Published

2023-11-20

How to Cite

खनिया Khaniya ब. B. (2023). स्नातक र स्नातकोत्तर तहका नेपाली भाषा शिक्षण सम्बद्ध पाठ्य विषयहरूको छनोट र स्तरण {Selection and grading of Nepali language teaching related subjects at undergraduate and postgraduate levels}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 159–178. https://doi.org/10.3126/bns.v45i25.59978

Issue

Section

Articles