स्नातक तहको नेपाली भाषा कक्षामा रचनामुखी व्याकरण शिक्षणको उपयोग {Composition-oriented grammar teaching in Nepali language classes at undergraduate level usage}

Authors

  • विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma त्रि.वि., पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/bns.v45i25.59960

Keywords:

स्नातक तह, व्याकरण शिक्षण, रचनामुखी, एकीकृत विधि, पाठ र सन्दर्भ

Abstract

प्रस्तुत अनुसन्धान स्नातक तहमा रचनामुखी व्याकरण शिक्षणको अवस्था कस्तो रहेको छ भन्ने प्राज्ञिक खोजमा आधारित छ । यस अनुसन्धानको सैद्धान्तिक आधार रचना र पाठमा आधारित व्याकरण शिक्षण हो। यसले भाषा र व्याकरण शिक्षणलाई एकैसाथ सिकाउने मान्यता राख्छ र व्याकरण सिकाउने एकीकृत विधि (प्रस्तुतीकरण, अभ्यास र उत्पादन) लाई आधार मान्छ । यो अनुसन्धान परिमाणात्मक ढाचा, उत्तरप्रत्यक्षवादी दर्शन र सर्वेक्षण विधिमा आधारित छ । नेपालका २१ जिल्लाका स्नातक तहमा नेपाली व्याकरण शिक्षण गर्ने १०० जना शिक्षकबाट प्रश्नावली उपकरणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई परिमाणात्मक अनुसन्धान विधिका आधारमा तालिकीकरण गरी आवृत्तिका आधारमा प्रतिशत निकालिएको छ । त्यस्तै त्यस्तै वर्णनात्मक अनुसन्धान विधिका आधारमा शाब्दिक व्याख्या गरेर तुलना र विश्लेषणमार्फत निष्कर्ष स्थापित गरिएको छ । समग्र तथ्याङ्क विश्लेषणका आधारमा निकालिएको निष्कर्षबाट अनुसन्धानमा समावेश गरिएकामध्ये आधाभन्दा बढी (७३५) शिक्षकले रचनामुखी तरिकाबाट व्याकरण शिक्षण गरेको देखिन्छ । स्नातक तहको पाठ्यक्रममा निर्धारित भाषातत्वको पाठ्यवस्तुअनुसार अक्षरसंरचना शिक्षण गर्दा तीन चौथाइभन्दा बढी (८०५) शिक्षकले अनुच्छेदमा रेखाङ्कित शब्द दिई मानक उच्चारण र अभ्यासबाट अक्षर पहिचान शिक्षणलाई अपनाएका छन्। वर्णविन्यास शिक्षण गर्दा आधा (५०५) शिक्षकबाट वर्णविन्यास मिलाई ससाना अनुच्छेदमा केही लेख्न र वर्णन गर्न लगाउने विधि अपनाएका छन्। शब्दवर्ग र शब्दस्रोत शिक्षणमा पनि तीन चौथाइ (७०-८०) शिक्षकले पाठ र अनुच्छेदलाई आधार बनाएका छन्। समग्रमा शिक्षकहरूले अवलम्बन गरेका प्रक्रियाहरू शब्दनिर्माण, वाक्यततत्वपरक रचना, वाक्यततवपरक अभिव्यक्ति, वाक्यान्तरण र वाक्यसंश्लेषणशिक्षणमा स्नातक नेपाली शिक्षण निर्देशिका (२०६६) र स्नातक नेपाली पाठ्यक्रम (२०६९) ले प्रस्ताव गरेअनुसार पूर्णतः पाठ र सन्दर्भमा आधारित भएको पाइŖदैन । यसबाट स्नातक तहको नेपाली व्याकरण शिक्षण पूर्णतः रचनामुखी, व्यावहारिक, सिर्जनात्मक र उद्देश्यपूर्ण बन्न सकेको देखिदैन । रचनामुखी व्याकरण शिक्षणको उपयोगका सम्बन्धमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत अनुसन्धान उपयोगी रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
47

Downloads

Published

2023-11-20

How to Cite

शर्मा Sharma व. B. (2023). स्नातक तहको नेपाली भाषा कक्षामा रचनामुखी व्याकरण शिक्षणको उपयोग {Composition-oriented grammar teaching in Nepali language classes at undergraduate level usage}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 129–158. https://doi.org/10.3126/bns.v45i25.59960

Issue

Section

Articles