विद्यालय सञ्चालनमा अनुमति प्राप्त सामुदायिक विद्यालयका प्रधानाध्यापकका जीवन्त अनुभवहरू {Community schools that are allowed to run schools Lived experiences of principals}

Authors

  • दावा Dawa शेर्पा Sherpa त्रि.वि., शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

Keywords:

सामुदायिक विद्यालय, प्रधानाध्यापक, प्रशासनिक कार्यबोझ, व्यवस्थापकीय र सामाजिक कार्यबोझ, शिक्षक व्यवस्थापन

Abstract

प्रस्तुत आलेखमा कुनै पनि विद्यालयको निश्चित तह सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार र दरबन्दीको व्यवस्था सरकारको दायित्व नहुने गरी सम्बन्धित निकायबाट माथिल्लो तहको कक्षा सञ्चालन गर्न अनुमति पाएका विद्यालयहरूका प्रधानाध्यापकको जीवन्त भोगाइलाई उजागर गर्ने उद्देश्य राखिएको छ । यस अध्ययनमा सोलुखुम्बु जिल्लाका अनुमति प्राप्त सामुदायिक माध्यमिक विद्यालयका ५ जना स्थानीय राहत र तल्लो तहमा रहेका तर माध्यमिक तहका उमेद्वार हुन चाहने योग्यताभन्दा उच्च योग्यता भएका प्रस्तावित माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयकोनेतृत्व गर्दा भोगेका जीवन्त अनुभवलाई हम्र्युनिटिक्स फेनोमेनोलोजी अनुसन्धान ढाŖचामा आधारित भएर प्रत्यक्ष अन्तर्वार्ताका आधारमा तथ्य र सूचनाहरू सङ्कलन गरी अध्ययन गरिएको छ । अध्ययनका आधारमा प्रधानाध्यापक बहुआयमिक भूमिकामा रहेका कारण विद्यालयको शैक्षिक गुणस्तर र विकासका लागि उल्लेख्य योगदान गर्न समस्या सृजना भएकामा शिक्षक दरबन्दी निश्चित मापदण्डका आधारमा नभई सम्बन्धित कार्यालय र विद्यालयबिचको सम्बन्ध, प्रभाव वा दबाबका आधारमा प्रदान हुने गरेको, विद्यालयको आवश्यकता अनुकूल योग्य दक्ष शिक्षकभन्दा माथिल्लो निकाय र राजनैतिक हस्तक्षेपका आधारमा औपचारिकता पूरा गरेका व्यक्तिलाई नियुक्त गर्न पर्ने बाध्यता रहेकोपाइयो । यसका साथै प्रधानाध्यापकले विद्यालयको काममा विभिन्न कार्यालयमा सहभागी हुनु पर्दा हुने खर्च, चन्दा र सहयोगका कारण आर्थिक रूपमा समेत बोझिलो हुने गरेको देखियो तर प्रधानाध्यापकका लागि सामाजिक र मानवीय सम्बन्धको विकास गरी सामाजिक सम्बन्ध र नेतृत्व विकास गर्नका लागि प्रशस्त अवसर रहेको पाइयो।

Abstract
302
PDF
0

Downloads

Published

2023-11-20

How to Cite

शेर्पा Sherpa द. D. (2023). विद्यालय सञ्चालनमा अनुमति प्राप्त सामुदायिक विद्यालयका प्रधानाध्यापकका जीवन्त अनुभवहरू {Community schools that are allowed to run schools Lived experiences of principals}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 50-69. https://doi.org/10.3126/bns.v45i25.59952

Issue

Section

Articles

How to Cite

शेर्पा Sherpa द. D. (2023). विद्यालय सञ्चालनमा अनुमति प्राप्त सामुदायिक विद्यालयका प्रधानाध्यापकका जीवन्त अनुभवहरू {Community schools that are allowed to run schools Lived experiences of principals}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 50-69. https://doi.org/10.3126/bns.v45i25.59952