समावेशी दृष्टिकोणबाट नेपालको विद्यालय तहमा पाठ्यक्रम विभेदीकरणको अभ्यासको विश्लेषण {Curriculum at the school level in Nepal from an inclusive perspective an analysis of the practice of differentiation}

Authors

  • कृष्णबहादुर Krishnabahadur जि.सी. G.C. त्रि.वि., गोरखा क्याम्पस, गोरखा

DOI:

https://doi.org/10.3126/bns.v45i25.59951

Keywords:

पाठ्यक्रम विभेदीकरण, श्रवणविहीन, शैक्षिक अडेसो, समावेशी शिक्षा, सामाजिक निर्माणवाद

Abstract

शिक्षामा सामाजिक न्यायको अवस्था पहिचान गर्ने एउटा तरिका समावेशी दृष्टिकोण हो । यो सबै तह र वर्गका व्यक्तिलाई समान स्थानबाट अवसर उपलब्ध गराउने तथ्यसŖग सम्बन्धित छ । एउटै कक्षामा विभिन्न आवश्यकता भएका विद्यार्थीहरूलाई राखेर वैयक्तिक विभिन्नताका आधारमा पाठ्यक्रमको कार्यान्वयन गरिन्छ भने त्यसलाई विभेदीकरणको अभ्यास भनिन्छ । पाठ्यक्रम विभेदीकरणले विविध किसिमका फरक क्षमता भएका विद्यार्थीहरूलाई शिक्षकले सिकाउने प्रक्रियामा जोड दिन्छ । यस अध्ययनमा छानिएका विद्यालयका श्रवण शक्ति कमजोर भएका विद्यार्थीहरूबिच केकसरी पाठ्यक्रम विभेदीकरणको अभ्यास भएको छ भन्ने तथ्यलाई पहिचान गर्न खोजिएको छ । समावेशी दृष्टिकोणबाट पाठ्यक्रम विभेदीकरणको अभ्यासको अवस्था विश्लेषण गर्ने र विद्यालयमा पाठ्यक्रम विभेदीकरणका समस्या तथा चुनौतीहरू पहिचान गर्ने उद्देश्य राखिएको यस अध्ययनमा सैद्धान्तिक साहित्यको पुनरावलोकन तथा अवधारणात्मक ढाŖचा स्पष्ट पारिएको छ । यसैगरी गुणात्मक ढांचा अन्तर्गत अवस्था अध्ययन (Case Study) उपागमको प्रयोग गरिएको यस आलेखमा सूचना सङ्कलनका लागि प्राथमिक स्रोतको प्रयोग गरिएको छ भने उद्देश्यमूलक नमुना छनोट विधिबाट विद्यालय तथा प्रतिक्रियादाताहरू छानिएका छन् । कक्षा अवलोकन तथा साङ्केतिक भाषामा अन्तरवार्ताको माध्यमबाट सङ्कलन गरिएका सूचनाहरूलाई त्रिपक्षीय सम्बन्धबाट वैध बनाउने प्रयत्न गरिएको छ । छानिएको विद्यालयमा पाठ्यक्रम विभेदीकरणको अभ्यास विश्लेषण गर्दा साधारण विद्यालयको पाठ्यक्रम पूर्णरूपमा बहिरा विद्यार्थीका लागि पनि कार्यान्वयनमा ल्याएकाले उद्देश्य, विषयवस्तु, सिकाइ कार्यनीति र मूल्याङ्कनजस्ता पाठ्यक्रमका तत्वहरूमध्ये कार्यनीतिलाई बढी जोड दिएर पाठ्यक्रम विभेदीकरणको अभ्यास गरिएको छ । श्रवण शक्तिजन्य समस्या हुŖदाहुŖदै पनि पर्याप्त मात्रामा साङ्केतिक भाषाको प्रयोगबिना नै स्थानीय अभ्यासको माध्यमबाट विषयवस्तुलाई सिकाउने प्रयास शिक्षकहरूबाट हुनु चुनौतीपूर्ण पक्ष हो । समान समय तथा एउटै परीक्षा पद्धतिमा रहेर साधारण विद्यार्थी संग प्रतिस्पर्धा गर्न बहिरा विद्यार्थीहरू बाध्य हुनु गम्भीर समस्या हो । शिक्षकलाई साङ्केतिक भाषासम्बन्धी पर्याप्त तालिम प्रदान गरी श्रवणशक्ति नभएका विद्यार्थीहरूका लागि कार्यान्वयनमा ल्याउन सकेको अवस्थामा सिकाइ प्रक्रियासहित विषयवस्तु र मूल्याङ्कन कार्यमा पनि उनीहरूलाई न्यायोचित रूपले सहजीकरण गर्न सक्ने देखिन्छ । यसबाट एकातर्फ सुनाइ क्षमता नभएका विद्यार्थीहरूको आन्तरिक क्षमता पहिचानमा सहयोग पुग्ने र अर्कातर्फ सामाजिक न्यायको मान्यताअनुसार उनीहरूले पाठ्यक्रम विभेदीकरणको विभिन्न अभ्यासबाट समेत सिक्न सक्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
79
PDF
44

Downloads

Published

2023-11-20

How to Cite

जि.सी. G.C. क. K. (2023). समावेशी दृष्टिकोणबाट नेपालको विद्यालय तहमा पाठ्यक्रम विभेदीकरणको अभ्यासको विश्लेषण {Curriculum at the school level in Nepal from an inclusive perspective an analysis of the practice of differentiation}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 27–49. https://doi.org/10.3126/bns.v45i25.59951

Issue

Section

Articles