नेपालका राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र

Authors

Keywords:

आन्तरिक लोकतन्त्र, राजनीतिक दल, नेतृत्व चयन, समावेशिता, गुटबन्दी

Abstract

राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र भन्नाले राजनीतिक दलभित्र नेतृत्व चयन, निर्णय प्रक्रिया, नीतिनिर्माण तथा संगठन सञ्चालनमा पार्टीका सदस्यहरूको सहभागिता, स्वतन्त्र विचार अभिव्यक्ति, पारदर्शिता र विधानअनुसार लोकतान्त्रिक अभ्यास हुने व्यवस्था हो।नेपालको लोकतान्त्रिक विकासमा राजनीतिक दलहरूले केन्द्रीय भूमिका निर्वाह गरेका छन् तर लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धन गर्ने यी दलहरूभित्र नै आन्तरिक लोकतन्त्रको अवस्था कमजोर रहेको विषय व्यापक रूपमा उठ्दै आएको छ। यस अध्ययनले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), तथा नेपाली कम्युनिस्ट पार्टी जस्ता प्रमुख दलहरूमा आन्तरिक लोकतन्त्रको अवस्था, चुनौती र सुधारका सम्भावनाहरूको विश्लेषण गरेको छ ।अध्ययन मुख्यतः द्वितीयक तथ्यांकमा आधारित गुणात्मक अनुसन्धान हो। राजनीतिक दलका विधान, निर्वाचन आयोगका प्रतिवेदन, विद्वतापूर्ण लेख, कानुनी दस्तावेज तथा सञ्चारमाध्यमका सामग्रीहरूको विषयगत विश्लेषण गरिएको छ। अध्ययनले नेतृत्व चयन, उम्मेदवार मनोनयन, समावेशिता, आर्थिक पारदर्शिता तथा नेतृत्वको जवाफदेहितालाई विश्लेषणका प्रमुख आधारका रूपमा लिएको छ।अध्ययनको अनुसार अधिकांश दलहरूमा निर्णय प्रक्रिया अझै पनि सीमित शीर्ष नेतृत्व, गुटीय शक्ति र अनौपचारिक सहमतिमा केन्द्रित रहेको पाइन्छ। नेतृत्व परिवर्तन कमजोर रहेको, उम्मेदवार छनोट केन्द्रीकृत भएको तथा धन, नातावाद र गुटबन्दीले आन्तरिक लोकतन्त्रलाई प्रभावित पारेको देखिन्छ। समावेशी प्रतिनिधित्व संख्यात्मक रूपमा बढे पनि वास्तविक निर्णय प्रक्रियामा सीमित समूहकै प्रभुत्व कायम रहेको निष्कर्ष अध्ययनले प्रस्तुत गरेको छ।अध्ययनले आन्तरिक लोकतन्त्र सुदृढ बनाउन नियमित र निष्पक्ष आन्तरिक निर्वाचन, नेतृत्वको कार्यकाल सीमा, आर्थिक पारदर्शिता तथा सहभागी निर्णय प्रक्रियाजस्ता सुधार आवश्यक रहेको सुझाव दिएको छ। समग्रमा, नेपालको लोकतन्त्रको गुणस्तर राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको अध्ययनले निष्कर्ष निकालेको छ ।

Abstract
6
PDF
0

Author Biography

Uttar Bahadur Khadka, Pashupati Multiple Campus Kathmandu

Assistant Lecturer

Downloads

Published

2026-06-15

How to Cite

नेपालका राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र. (2026). BMC Research Journal, 5(1), 252-268. https://doi.org/10.3126/bmcrj.v5i1.95772

Issue

Section

Articles

How to Cite

नेपालका राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र. (2026). BMC Research Journal, 5(1), 252-268. https://doi.org/10.3126/bmcrj.v5i1.95772