दलित बालबालिकाहरूको नेपाली भाषा सिकाइ
DOI:
https://doi.org/10.3126/bmcrj.v5i1.95771Keywords:
दलित, नापानापा, पठन, मिश्रित, सिकाइAbstract
प्रस्तुत लेख दलित बालबालिकाको नेपाली सिकाइसँग आधारित छ । यस लेखमा कालीकोट जिल्लामा बसोबास गर्ने दलित समुदायका बालबालिकाले नेपाली भाषा पठन कसरी गरिरहेका छन् भनेर विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा कक्षा नौ मा अध्ययनरत बालबालिकाकाहरूलाई नमुनाका रूपमा छनोट गरिएको छ । लेख गुणात्मक अध्ययन विधिअर्न्तगत ब्राउण्ड एण्ड क्लार्कद्वारा प्रस्तुत क्वालिटाटिभ रिसर्च इन साइकोलोजीको मान्यतामा विश्लेषण गरिएको छ । यस अध्ययनमा दलित बालबालिकाको नेपाली सिकाइमा कोडको स्तरण र थिएम्याटिक गर्दै प्रस्तुत गरिएको छ । बालबालिकाको पठनबोधको अवस्थाअर्न्तगत पठनबोधको अवस्था र सस्वर पठनमा औसत कमी हुनुका कारण उल्लेख गरिएको छ भने पठन सहभागितामा असहजता भन्ने तर्फ पठनलाई प्राथमिकता नदिनु, आर्थिक विपन्नता र पारिवारिक झमेला जस्ता थिम निर्माण गरी व्याख्या विश्लेषण गरिएको छ । त्यसैले दलित बालबालिकाको नेपाली सिकाइ नहुने कारणहरू पठानमा समय नदिने, गृहकार्य नगर्ने, कक्षा सहभागिता नहुने, अवसरको उपयोग नगर्ने, घरायसी काममा लाग्ने, देखासिकी गर्ने तथा बालविवाह गरी विद्यालयमा नपढ्ने, पारिवारिक भाषा र विद्यालयको शिक्षणीय भाषामा फरक भएकाले नेपाली भाषा पठनको सिकाइमा कमजोर भएको ठहरिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Copyright @ The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.