सिञ्जाली भाषाको प्रारूप र यसको समसामयिक प्रयोग

Authors

Keywords:

प्राचीन, भारोपेली, सतम्, विकासक्रम

Abstract

नेपाली भाषा एघारौं शताब्दीदेखि प्रारम्भ भएको हो । प्रत्येक भाषा अपभ्रंशबाट प्राकृत भाषाको विकास भएजस्तै खस अपभ्रंशको पूर्वी पहाडी भेगबाट नेपाली भाषाको उत्पति भएको ठहर्छ । नेपाली भाषाको इतिहास प्राचीनकाल आरम्भदेखि १५५५ साल सम्मको हो । यो समय एघारौं शताब्दी नै हो । नेपाली भाषाको प्राचीन नमुना १३१२ को अशोक चल्लको अभिलेखलाई मानिन्छ । प्राचीन नेपाली खस कुरा वा सिञ्जाली भाषा हो । एघारौं शताब्दीमा नागराजले खस राज्यको स्थापना गरेका हुन् । उनले आफ्नो राज्यको राजधानी कर्णाली अञ्चलको सिञ्जालाई बनाए र राजभाषा सिञ्जाली नेपाली रह्यो । नेपाली भाषाको मूल थलो सिञ्जा र विकसित हुँदै गोर्खा, काठमाडौं दार्जिलिङसम्म फैलियो । सङ्ग्राम मल्लको अभिलेखदेखि भास्वती गगनीराजको यात्रा, कृति भाषा इतिहास हुन् । नेपली भाषाको प्रचीनता सिञ्जाली भाषा र यसका प्रमुख विशेषतामा तत्सम तद्भव शब्दहरूको प्रयोग, गद्य भाषा प्रयोग, विभक्ति ले को प्रयोग नहुनु, मानवेत्तरमा पनि लिङ्ग विधान हुनु, बहुवचन ‘हरू‘ प्रत्यय प्रयोग नहुनु, साहित्यिक रचनाको अभाव हुनु प्राचीन नेपाली भाषाका प्रमुख विशेषता हुन् । वर्तमान अवस्थामा सिञ्जाली भाषा र यसका विशेषताको अध्ययन गरिएको छ । मुख्य गरी सिञ्जाली भाषामा मौलिक प्रकृतिका विशेषताहरू छन् । /इ/ /उ/मा /या/ /व/ को प्रयोग ‘अ‘ ध्वनि स त कतै ‘ह‘ मा उच्चरित हुनेगर्छ भूतकालमा क्रिया छियो प्रयोग हुने गर्दछ, द्वितीया विभक्ति कन तृतीया र पञ्चमी देइ, षष्ठी ओ आ सप्तमी मैं को प्रयोग हुन्छ । सिञ्जाली भाषाको मुँ श्रम, तोश्रत, तुमीश्रतिमी हुनु यस भाषाका विशेषता हुन् ।

Abstract
2
PDF
0

Author Biography

Om Prakash Acharya, Jumla Multiple Campus Jumla

Assistant Prof. T.U.

Downloads

Published

2026-06-15

How to Cite

सिञ्जाली भाषाको प्रारूप र यसको समसामयिक प्रयोग . (2026). BMC Research Journal, 5(1), 211-226. https://doi.org/10.3126/bmcrj.v5i1.95764

Issue

Section

Articles

How to Cite

सिञ्जाली भाषाको प्रारूप र यसको समसामयिक प्रयोग . (2026). BMC Research Journal, 5(1), 211-226. https://doi.org/10.3126/bmcrj.v5i1.95764