गुणात्मक र परिमाणात्मक अनुसन्धान मूल्याङ्कनका मापदण्डहरूको विश्लेषण

Authors

DOI:

https://doi.org/10.3126/bmcrj.v5i1.95763

Keywords:

सत्य मान, प्रयोगयोग्यता, सुसङ्गतता, तटस्थता, वस्तुगतत र विषयगतता

Abstract

गुणात्मक र परिमाणात्मक अनुसन्धानको विश्वसनीयताबारे धेरै बहस हुँदै आएको छ ।परिमाणात्मक अनुसन्धानप्रक्रिया र कार्यान्वयन र निष्कर्षको विश्वसनीयताको स्तरनिर्धारण गर्न आन्तरिक वैद्यता, बाह्य वैद्यता, विश्वसनीयता र वस्तुनिष्ठताजस्ता रणनीतिहरू अपनाइन्छ । यसैगरी गुणात्मक अनुसन्धानको विश्वसनीयताको स्तर अनुसन्धानको रूपरेखा, प्रक्रिया र कार्यान्वयनको स्तर निर्धारण विश्वसनीयता, स्थानान्तरणयोग्यता, निर्भरता र पुष्टि–योग्यता सुनिश्चित गरेर मापन गर्न सकिन्छ। यसको व्यक्तिनिष्ठ स्वभावका कारण गुणात्मक अनुसन्धानमा विश्वसनीयताको सुनिश्चितता परिमाणात्मक अनुसन्धानभन्दा बढी जटिल हुन्छ। धेरै अनुसन्धानकर्ता र विज्ञहरूले गुणात्मक अनुसन्धानका निष्कर्षहरूलाई सामान्यीकरण गर्न नसकिने बताएका छन्। यस अध्ययनको मुख्य उद्देश्य गुणात्मक र परिमाणात्मक दुवै किसिमका ढाँचाको विश्वसनीयता, वैद्यता र भरपर्दोपनाको स्तर निर्धारण गर्नका प्रयोग गरिने प्रमुख मापदण्डहरूको विश्लेषण गर्नु हो ।यस अध्ययनले गुणात्मक अनुसन्धान विधिमा आधारित दस्तावेज विश्लेषण ढाँचा अपनाएको छ, जसमा आगमनात्मक र निगमनात्मक दुवै दृष्टिकोणलाई समन्वित रूपमा प्रयोग गरिएको छ । आगमनात्मक चरणमा तथ्याङ्क सङ्कलन गर्ने, त्यसको सङ्रचना तथा बनावटको गहन अध्ययन गर्ने र अन्त्यमा सिद्धान्त वा अवधारणा विकास गर्ने कार्य गरिएको थियो । यसैगरी निगनात्मक चरणमा पूर्व निर्धारित सिद्धान्तका आधारमा विकसित वर्ग, विषय र अन्त्यमा निर्ष्कषमा पुग्ने कार्य गरिएको थियो । यस अध्ययनको निष्कर्षले के देखाएको छ भने गुणात्मक र परिमाणात्मक दुवै किसिमका अनुसन्धान ढाँचामा अनुसन्धानको रूपरेखा, प्रक्रिया र कार्यान्वयनको स्तर विश्वसनीय, वैद्य, भरपर्दो बनाउन विभिन्न रणनीति अपनाउन अति जरूरी छ । यस अध्ययनको निष्कर्षले स्पष्ट पारेको छ कि सत्य मान, प्रयोगयोग्यता, स्थिरता वा सुसङ्गतता र तटस्थता रणनीतिहरू वा विधि प्रयोग गरी अनुसन्धानलाई विश्वसनीय बनाउन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-06-15

How to Cite

Shah, R. K. (2026). गुणात्मक र परिमाणात्मक अनुसन्धान मूल्याङ्कनका मापदण्डहरूको विश्लेषण. BMC Research Journal, 5(1), 191–210. https://doi.org/10.3126/bmcrj.v5i1.95763

Issue

Section

Articles