शैक्षणिक योजनाको कार्यान्वयन पक्ष

Authors

  • रामदेव Ramdev मण्डल Mandal सू.स.मो.या.ब.क्याम्पस, सिरहा

Keywords:

थिम निर्माण, ट्रान्सक्राइब, कोडिङ, शैक्षणिक योजना

Abstract

शैक्षणिक योजना भनेको शिक्षण सिकाइको क्रममा बनाइने योजनालाई बुझाउँछ । प्रस्तुत अध्ययन शैक्षणिक योजनाको कार्यान्वयन पक्षमा आधारित रहेको छ । प्राथमिक स्रोतका रूपमा सूचकबाट प्राप्त सामग्रीलाई ट्रान्सक्राइब, कोडिङ्, ग्रुपिङ र थिम निर्माण गरी वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । थिमका रूपमा वार्षिक कार्यतालिका, वार्षिक कार्ययोजना, एकाइ योजना, दैनिक पाठयोजना, शिक्षकको पेसागत विकास, शिक्षकलाई प्रोत्साहित, प्रधानाध्यापकको भूमिका, संस्थागत विकास आदि कार्यान्वयनका अवस्थालाई बुझाउँछन् । कुनै विद्यालयमा योजनाहरू निर्माण मात्र गरिएको छ भने, कुनै विद्यालयमा कार्यान्वयन गरेता पनि सबै योजनाहरू कार्यान्यन नभएको अवस्था देखियो । परिणाम स्वरूप शिक्षण सिकाइ प्रभावित भई पाठ्यक्रमले बोकेको उद्देश्य प्राप्तिमा पनि पूर्ण सफता नभएको देखिन्छ । विभिन्न शैक्षणिक योजनाहरूलाई प्रभावकारी तरिकाले कार्यान्वयन हुनुमा केही कमीकमजोरी प्रधानाध्यापकबाट देखिन्छ भने, केही कमीकमजोरी शिक्षकहरूमा पनि देखिन्छ । यी समस्याहरूलाई न्युनीकरण गर्न सम्बन्धित सरोकारवालाहरू एकजुट भई कार्य गर्नुपर्दछ । शिक्षकको मनोवल वृद्धि गर्न पृष्ठपोषणको व्यवस्था दिई शैक्षिक सामग्रीहरू उपलब्ध गराई शैक्षणिक योजना कार्यान्वयनमा हरेक पक्षको ध्यान केन्द्रित गरी यसका लागि शिक्षकले  आचार संहिता निर्माण तथा कार्यान्वयन गरेरसरोकारवालाहरूबीच सुमधुर सम्बन्ध कायम गरीविभिन्न कार्यक्रमहरूको आयोजना गरेर एकअर्काको विचार राख्ने अवसर दिनुपर्दछ । जुनसुकै कार्य गर्दा पनि सम्पूर्ण सरोकारवालाहरूको सहभागिता एवम् सल्लाहबाट वार्षिक रूपमा शैक्षणिक योजना कार्यान्वयनको समीक्षा गरी कार्यान्वयन पक्षमाथि जोड दिनु आवश्यक देखिन्छ ।

Abstract
1656
PDF
0

Author Biography

रामदेव Ramdev मण्डल Mandal, सू.स.मो.या.ब.क्याम्पस, सिरहा

उप–प्राध्यापक

Downloads

Published

2024-09-03

How to Cite

शैक्षणिक योजनाको कार्यान्वयन पक्ष. (2024). BMC Research Journal, 3(1), 112-123. https://doi.org/10.3126/bmcrj.v3i1.69344

Issue

Section

Articles

How to Cite

शैक्षणिक योजनाको कार्यान्वयन पक्ष. (2024). BMC Research Journal, 3(1), 112-123. https://doi.org/10.3126/bmcrj.v3i1.69344