नाटककार बालकृष्ण सम र उनका नाट्यप्रबृत्ति

Authors

  • रम्भा कुमारी Rambha Kumari अर्याल Aryal जनता विद्यापीठ, बिजौरी, दाङ

DOI:

https://doi.org/10.3126/bmcrj.v3i1.69343

Keywords:

अभिनयमूलक, त्रयान्विति, दार्शनिकता, प्रवृत्ति, प्रतिमान

Abstract

बहुमुखी प्रतिभाका धनी नाटयसम्राट बालकृष्ण समले नेपाली नाटकको आधुनिकीकरण र विकासमा दिएको योगदान अविस्मरणीय छ । उनकै ‘मुटुको व्यथा’ नाटक मार्फत नेपाली नाटकको क्षेत्रमा आधुनिकता भित्रिएको मानिन्छ । प्रस्तुत लेखमा उनै साहित्यकार बालकृष्ण समले नेपाली नाटकका क्षेत्रमा दिएको योगदान र भित्रयाएका साहित्यिक प्रवृत्तिहरूको सङक्षिप्त विवेचना गरिएको छ । ‘प्रवृत्ति’ शब्दको मूल तात्पर्य प्रवाह, बहाव, झुकाव वा कुनै विषय सन्दर्भतिर मनको लगाव हो । साहित्यमा ‘प्रवृत्ति’ शब्दले कुनै लेखकले पालना गर्ने मान्यता वा दृष्टिकोणलाई सन्दर्भित गर्छ, जसबाट निर्देशित रहेर लेखक आफनो लेखन कार्यमा प्रवृत्त हुन्छ । ‘प्रवृत्ति’ को यही तात्पर्यकै सेरोफेरोमा नाटककार बालकृष्ण समका नाटयप्रवृत्तिहरूलाई यस लेखमा खुटयाइएको छ । गुणात्मक ढाँचाको प्रस्तुत अध्ययनमा आवश्यक सामग्रीको सङकलन पुस्तकालयीय अध्ययनबाट गरिएको छ । यसरी उपलब्ध तथ्यहरूको सङकलन, व्याख्या र विश्लेषण गरी निचोडमा पुगिएको छ । प्रस्तुत अध्ययन पूर्णतः द्वितीय स्रोतमा आधारित छ र विश्लेषण ढाँचाका सन्दर्भमा प्रस्तुत अध्ययनको शोधप्रतिमान व्याख्यात्मक प्रकृतिको रहेको छ । नाटकको सैद्धान्तिक स्वरूपको दिग्दर्शनसहित प्रस्तुत लेखमा नेपाली नाटयपरम्परामा बालकृष्ण समको योगदान एवम उनका नाटयप्रवृत्तिको निक्र्योल गरिएको छ । उल्लिखित विश्लेषणका आधारमा बालकृष्ण समका नाटयकृतिमा पूर्वीय र पाश्चात्य दुवै नाटयमान्यताको अनुसरण, गद्य र पद्य दुवै शैलीको उपयोग, सुखान्त र दुःखान्त दुवै नाटयकलाको उपयोग, त्रयान्वितिको निर्वाह, विषयगत र रूपविधानगत वैविध्य, घटनाप्रधान कथावस्तुमा जोड, सन्देशका दृष्टिले आदर्शोन्मुख यथार्थवादी र शैलीका दृष्टिले परिष्कारवादी प्रवृत्तिका साथै विषयगत वा भावगत रूपमा दार्शनिकता, कारुणिकता, उदार मानवतावाद, यथार्थवाद, राष्ट्रप्रेम, शाश्वत र आदर्श प्रेमको खोजी आदि प्रवृत्तिहरू प्रकट भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
9

Author Biography

रम्भा कुमारी Rambha Kumari अर्याल Aryal, जनता विद्यापीठ, बिजौरी, दाङ

उपप्राध्यापक

Downloads

Published

2024-09-03

How to Cite

अर्याल Aryal र. क. R. K. (2024). नाटककार बालकृष्ण सम र उनका नाट्यप्रबृत्ति . BMC Research Journal, 3(1), 124–136. https://doi.org/10.3126/bmcrj.v3i1.69343

Issue

Section

Articles