सांस्कृतिक प्रचलनमा मगर जातिको मृत्यु संस्कार एक परिचय
DOI:
https://doi.org/10.3126/bmcrj.v3i1.69342Keywords:
सास्पानी, कस्सापानी, रस्से, ङैसिवाङ, ङैतामीAbstract
मगर मृत्यु संस्कारलाई मूल केन्द्र बनाएर तयार गरिएको यो लेख मूल रूपमा खाम भाषी मगर र त्यसमा पनि सल्यान आठ हजार क्षेत्रका मगरहरूको मृत्यु संस्कारमा केन्द्रित छ । नेपालका मगर जातिमा प्रचलित मृत्यु संस्कारका बारेमा सामान्य लेख रचना पाइए तापनि हालसम्म अनुसन्धानमूलक लेख तयार हुन नसक्नु यस अध्ययनको मूल समस्या हो । यही समस्यामा केन्द्रित भएर मगर जातिमा प्रचलित मृत्यु संस्कारको विवेचना गर्नु नै यस अध्ययनको उद्देश्य हो । यो गुणात्मक अध्ययन हो । यसमा वर्णनात्मक, नमुना छनोट र स्थलगत कार्य विधिको प्रयोग गरिएको छ । व्यक्तिको मृत्यु भएपछि शुद्धशान्ति नहुँदासम्म मगरहरूले सम्पन्न गर्ने मौलिक प्रकृतिको मृत्यु संस्कारको विवेचना यसमा गरिएको छ । मगरहरूले मृत्यु संस्कार स्थान हेरेर एकदिनदेखि १३ दिनसम्ममा सम्पन्न गर्ने गरेको पाइन्छ । मृत्यु संस्कार सम्पन्न गर्न मगरहरूले भान्जा, जवाइँ वा कुटुम्बलाई पुरेतका रूपमा राख्ने गरेको भेटिन्छ । मृतकका नाममा चढाइने दान, दक्षिणा पनि भान्जा, जवाइँ वा कुटुम्बलाई दिने गरेको देखिन्छ । मगर मृत्यु संस्कारमा शवयात्रा, दाहसंस्कार, किरिया बस्ने, झुसे थुर्ने, जुठो खाने, चिनो चौतारी बनाउने, कस्सापानी र सासपानी फेर्ने तथा ढोल्ने, पितृ मिसाउने, पितृ भोज दिने आदि कार्यहरू गरेको पाइन्छ । यस अध्ययनले नेपाली संस्कृतिका अध्येता तथा पाठकहरूलाई विशेष लाभ पुर्र्याउन सहयोग गर्ने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.