नेपालका प्रमुख भाषाहरुको प्रयोग अवस्था

Authors

  • द्वारिकाप्रसाद Dwarikaprasad भण्डारी Bhandari वीरेन्द्र विद्यामन्दिर क्याम्पस टीकापुर, कैलाली

Keywords:

भाषिक अवस्था, साहित्य लेखन, लोपोन्मुख, सङकटापत्र

Abstract

भाषा मानवीय विचार र भावना प्रकट गर्ने सशक्त माध्यम हो । नेपाल सामाजिक, सांस्कृति र भौगालिक दृष्टिले समृद्ध मुलुक भएकाले यहाँ भाषाको विकास क्रमशः हुदै आएका पाइन्छन् । भाषा आयोगको प्रतिवेदनअनुसार नेपालमा देवनागरी, सम्बोटा, सिरिजङ्गा, रञ्जना, रोङ, अखा, मिथिलाक्षर, कैथी, पर्सो अरेविक, तामहिग, ओइचिक, बाङ्ला, गुरुमुखी र रोमन गरी १४ लिपि भएका भाषाहरू र पाँच भाषापरिवारका भाषाहरू बोलिन्छन् । भाषा आयोग २०७८ अनुसार नेपालमा भाषाहरूको सङ्ख्या १३१ रहेको छ । नेपालमा बोलिने प्रमुख भाषाहरूको विश्लेषणात्मक अध्ययन गरी तिनीहरूको प्रयोग अवस्था निर्धारण गर्नु प्रस्तुत अध्ययनको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस अनुसन्धानमा प्राथमिक स्रोतका रूपमा भाषाविद्धसँग सोधेर सामग्रीको सङ्कलन गरिएको छ भने द्वितीयक स्रोतमा पुस्तकालय कार्यको प्रयोग गरी विभित्र सन्दर्भपुस्तक, जर्नल, अनुसन्धानमूलक लेख, पत्रपत्रिकाबाट सामग्री सङ्कलन गरिएको छ । २०६८ को प्रतिवेदनमा उल्लेखित १२३ भाषाहरूमध्ये अधिकाँश भाषाहरू लोपोन्मुख हुन लागेका देखिन्छन् । भाषाहरूको जीवन्तताको स्थितिलाई हेर्दा ५३ सुरक्षित, ५१ संकटापन्न, ११ अपसरणशील, ६ मृतप्रायः १ सुषुप्त र १ लोप भएको कुरा उल्लेख गरिएको छ । यसरी भाषामा लिपिभन्दा पनि लेख्य परम्परा नहुनु, पुस्ताहस्तान्तरणको प्रक्रिया रोकिनु, बसाइसराइका कारण भाषिक जनसङ्ख्या छरपष्टिनु, सबै भाषाले मातृभाषामा शिक्षण सिकाइ क्रियाकलाप गर्न नसक्नु, भाषाको विकासले निरन्तरता नपाउनु, आदिजस्ता कारणहरूले अहिले धेरैजसो मातृभाषी समुदायले आफ्नो भाषाको विकास तथा बिस्तारमा कठिनाइ भोग्नु परिरहेको छ । 

Abstract
260
PDF
0

Author Biography

द्वारिकाप्रसाद Dwarikaprasad भण्डारी Bhandari, वीरेन्द्र विद्यामन्दिर क्याम्पस टीकापुर, कैलाली

उपप्राध्यापक

Downloads

Published

2024-09-03

How to Cite

भण्डारी Bhandari द. D. (2024). नेपालका प्रमुख भाषाहरुको प्रयोग अवस्था. BMC Research Journal, 3(1), 85-99. https://doi.org/10.3126/bmcrj.v3i1.69339

Issue

Section

Articles

How to Cite

भण्डारी Bhandari द. D. (2024). नेपालका प्रमुख भाषाहरुको प्रयोग अवस्था. BMC Research Journal, 3(1), 85-99. https://doi.org/10.3126/bmcrj.v3i1.69339