कर्तव्य कथामा व्याकरणिक संसक्ति

Authors

  • केशव Keshav भुसाल Bhusal नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर

DOI:

https://doi.org/10.3126/bmcrj.v3i1.69338

Keywords:

व्याकरणिक संसक्तिका भेद, व्याकरणिक संसक्ति, सङ्कथन, आख्यान, संसक्ति

Abstract

प्रस्तुत लेख आख्यानात्मक विधा अन्तर्गत पर्ने कथा विधामा प्रयुक्त व्याकरणिक संसक्तिको अध्ययनमा आधारित रहेको छ । यस लेखमा साहित्यकार गुरुप्रसाद मैनालीको कर्तव्य कथामा प्रयुक्त व्याकरणिक संसक्तिहरूको अध्ययन विश्लेषण गरिएको छ । यस क्रममा व्याकरणिक संसक्तिअन्तर्गत पर्ने सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन संसक्तिहरूको सूक्ष्म समीक्षण गरिएको छ । यस अध्ययनमा मूलतः भाषावैज्ञानिक हालिडे र हसनद्वारा प्रस्तुत संसक्तिसम्बन्धी सैद्धान्तिक अवधारणालाई अध्ययनीय आधारका रूपमा लिइएको छ । जसअन्तर्गत हालिडे र हसनले सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन जस्ता व्याकरणिक संसक्तिको चर्चा गरेका छन ।प्रस्तुत लेखमा कर्तव्य कथामा प्रयुक्त व्याकरणिक संसक्तिका यिनै विभिन्न भेदको अवेक्षण गरिएको छ र कथामा व्याकरणिक संसक्तिले खेलेको भूमिकाको व्याख्या विवेचन गरिएको छ । वस्तुतः प्रस्तुत लेख गुणात्मक अध्ययन विधिमा आधारित रही तयार पारिएको छ । यस अध्ययनका आधारमा कर्तव्य कथामा व्याकरणिक संसक्तिका सबै भेदहरूको प्रयोग गरिएको, प्रयुक्त भेदमध्ये सबैभन्दा बढी विलोपन, त्यसपछि संयोजन अनि सन्दर्भन र प्रतिस्थापन संसक्तिको प्रयोग गरिएको पाइएको छ । साथै कर्तव्य कथामा व्याकरणिक संसक्तिले महŒवपूर्ण भूमिका निर्वाह गरेको देखिएको छ । यस अध्ययनबाट कथात्मक विधामा प्रयोग हुने व्याकरणिक संसक्ति र तिनको भूमिकाबारे जानकारी प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै प्रस्तुत लेख सङकथनका क्षेत्रमा क्रियाशील एवम रुचिकर सबैलाई उपयोगी हुने ठानिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
16
PDF
11

Author Biography

केशव Keshav भुसाल Bhusal, नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर

उपप्राध्यापक

Downloads

Published

2024-09-03

How to Cite

भुसाल Bhusal क. K. (2024). कर्तव्य कथामा व्याकरणिक संसक्ति . BMC Research Journal, 3(1), 76–84. https://doi.org/10.3126/bmcrj.v3i1.69338

Issue

Section

Articles