सुँडी दमिनी कथामा जाति, र पर्यावरण
DOI:
https://doi.org/10.3126/bmcjsr.v7i1.72984Keywords:
ग्रामीण, क्षण, जाति, पर्यावरण, वंशानुगत, सहजआनुवंशिकAbstract
प्रस्तुत लेख महेशविक्रम शाह (२०२२) को ‘‘सुँडी दमिनी’ कथाको जाति, क्षणस्तुत लेख महेशविक्रम शाह (२०२२) को ‘‘सुँडी दमिनी’ कथाको जाति, क्षण र पर्यावरणमा आधारित छ । यो फ्रान्सेली हिप्पोली अडोल्फ टेनको साहित्यिक समाजशास्त्रीय विश्लेषणको आधारमध्ये एक हो । यिनको हिस्ट्री अफ इङ्लिस लिट्रेचर नामक ग्रन्थबाट साहित्यको समाजशास्त्रीय अध्ययन परम्पराको प्रारम्भ भएको हो । यिनले साहित्यलाई समाजका बारेमा थाहा पाउने मूलस्रोत मानेका छन् । यिनले समाजशास्त्रीय अध्ययन पद्धतिअन्तर्गत जाति, क्षण र पर्यावरणसम्बन्धी सिद्धान्त प्रस्तुत गरेका छन् । यस कथामा महेशविक्रम शाहले सुदूरपश्चिमको ग्रामीण परिवेशलाई चित्रण गरेका छन् । यस कथाको मुख्य पात्र सुढी दमिनीले भोगेका सङ्घर्षमय जीवनको यथार्थ चित्रण गरिएको छ । कथामा वितरित घटनाक्रमका आधारमा समान र भिन्न नश्लील सम्बन्ध समेटिएको पाइन्छ । यस कथामा परिवार, समाज र संस्कृति आदिको स्त्री पात्र सुँडी दमिनीलाई दुःखपूर्ण जीवनयापन गर्न बाध्य बनाइएको छ । नेपाली पहाडी जीवनको भूगोलमा कथा निर्माण भएकाले आर्थिकअनुसार खानपिन फरक रहेको पाइन्छ । कथाको कालखण्ड हेर्दा आजभन्दा पचास वर्षअघि भन्ने आधार भेटिन्छन् । यस कथामा मानिसहरूको आर्थिक अवस्था मिश्रित रहेको जीवनपद्धति भेटिन्छ । कथाकारले यस कथामा सुँडी दमिनीका माध्यमबाट पश्चिम नेपालको यथार्थ चित्रण गरेका छन् । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अवस्थाले मानवीय जीवन सङ्कटग्रस्त बनाएकोले हिप्पोली अडोल्फ टेनको सैद्धान्तिक मान्यताका आधारमा यस कथाको समाजशास्त्रीय विश्लेषण गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Research Management Cell, Birendra Multiple Campus
This work is licensed under a Creative Commons Attribution-NonCommercial-ShareAlike 4.0 International License.