‘प्रेमदासको डायरी’ उपन्यासमा आलोचनात्मक यथार्थवाद [Critical Realism in the Novel 'Premdas's Diary']

Authors

  • रमेश Ramesh प्रभात Prabhat Department of Nepali, Birendra Multiple Campus, Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/bmcjsr.v5i1.50688

Keywords:

सामन्तवाद, वर्गव्यवस्था, विभेदयुक्त जातीय व्यवस्था, महिलाहिंसा, आलोचनात्मक यथार्थवाद ।

Abstract

यो लेखमा आलोचनात्मक यथार्थवादी कोणबाट उपन्यासकार रेशम विरहीको ‘‘प्रेमदासको डायरी’ उपन्यासको विश्लेषण गरिएको छ । यहाँ उपन्यासको विश्लेषणका लागि सैद्धान्तिक ढाँचा तयार पारिएको छ । यसका लागि आलोचनात्मक यथार्थवादको पुष्टि गर्ने कुञ्जी पनि तयार पारिएको छ । यसमा उपन्यासको कथावस्तुको सन्दर्भ उठाउँदै साक्ष्य सङ्कलन गरिएको छ । नेपालमा चलेका पञ्चायती व्यवस्था, २०३६ सालको आन्दोलन, २०३७ सालको जनमतसङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सम्म भएको माओवादी क्रान्ति र त्यसपछिको गणतन्त्र प्राप्तिले गरिब जनताको पक्षमा खासै परिवर्तन नल्याएको कुरा यो उपन्यासमा गरिएको छ । यो उपन्यासमा आएका तिनै घटनालाई हेर्दै सामन्तवादी सामाजिक व्यवस्थाप्रति आलोचना गर्ने, राजनैतिक व्यवस्थाप्रति आलोचना गर्ने, वर्गव्यवस्थाप्रति आलोचना गर्ने, विभेदयुक्त जातीय व्यवस्थाप्रति आलोचना गर्ने, मानवता विरोधी कार्यप्रति आलोचना गर्ने र नारीमाथि गरिने शोषणप्रति आलोचना गर्ने काम यो लेखभित्र गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
53

Downloads

Published

2022-12-31

How to Cite

रमेश Ramesh प्रभात Prabhat. (2022). ‘प्रेमदासको डायरी’ उपन्यासमा आलोचनात्मक यथार्थवाद [Critical Realism in the Novel ’Premdas’s Diary’]. BMC Journal of Scientific Research, 5(1), 177–184. https://doi.org/10.3126/bmcjsr.v5i1.50688

Issue

Section

Research Article