‘सिपाही’ कथामा रस
DOI:
https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65182Keywords:
अङ्कुरण, परिपाक, भावोदय, रसाभिव्यक्ति, सशक्तAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा विश्वेश्वरप्रसाद कोइरालाको सिपाही कथाको रससिद्धान्तको आधारमा विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथामा रहेको रसाभिव्यक्तिको अवस्थाको निक्र्योल गरिएको छ । यस कथाम प्रयोग भएका रसहरू र तिनको रसाभिव्यक्तिको अवस्थाको निरुपण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । यसमा पुस्तकालयीय विधिबाट सङ्कलन गरिएको तथ्याङलाई विश्लेषणात्मक एवं वर्णनात्मक पद्धतिको प्रयोग गरी विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । सिपाही श्रृङ्गार रस प्रधान कथा हो । यस कथामा श्रृङ्गार रसको पूर्ण परिपाक नभए पनि यसको सबल अभिव्यक्ति भएको पाइन्छ । यसमा श्रृङ्गार रस प्रधान भएर आएको छ भने भयानक, वीर, हास्य रस सहायक रसका रुपमा आएका छन् । यहाँ सहायक रसका रुपमा आएका भयानक, वीर, रौद्र, हास्य रसको सशक्त अभिव्यक्ति दिएको पाइन्न बरु यिनीहरूको भावोदयका रुपमा अङ्कुरण मात्र भएको पाइन्छ । यसरी प्रस्तुत कथामा सबै रसहरू अङ्ग रसको रूपमा आएका छन् तर अङ्गी रसको रूपमा भने कुनै पनि रसको प्रयोग भएको देखिन्न ।