अवधी भाषी विद्यार्थीले नेपाली लेखाइमा गर्ने त्रुटिको विश्लेषण

Authors

  • नारायणप्रसाद पन्थ Butwal Multiple Campus, Butwal, Nepal

DOI:

https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65181

Keywords:

त्रुटिविश्लेषण, शब्दभण्डार, निराकरण, मातृभाषा, मानक

Abstract

सिकारुले विभिन्न खालका त्रुटि गर्दछन् । त्रुटि भाषाका चारओटै सिप सुनाइ, बोलाइ, पढाइ र लेखाइमा हुन्छन् । त्रुटि मातृभाषामा मात्र होइन, दोस्रो वा अन्य भाषा सिकाइका क््रmममा पनि हुन्छन् । सिकारुले कुुन प्रकृतिका त्रुटि गर्दछन् । ती त्रुटि के कारणले र कसरी हुन्छन् । तिनको निराकरणका उपाय के के हुन् भनी अध्ययन विश्लेषण गर्ने पद्धति त्रुटिविश्लेषण हो । त्रुटिको अध्ययनबाट सिकारुका ज्ञानको स्तर पत्ता लगाउन सकिन्छ । प्रस्तुत लेख अवधी भाषी विद्यार्थीले नेपाली लेखाइमा गर्ने त्रुटिको विश्लेषणमा केन्द्रित छ । यसको मुख्य उद्देश्य अवधी भाषी विद्यार्थीले नेपाली लेखाइमा गर्ने त्रुटि पत्ता लगाउनुु रहेको छ । अध्ययनका क्रममा तथ्याङ्क सङ्कलन गर्दा लिखित रूपमा स्तन्त्र वर्णन गराइएको छ । अवधी भाषाका बारेमा पूर्व प्रकाशित पुस्तक, पत्रपत्रिका, पुस्तकालयीय कार्यको उपयोग गरिएको छ । तथ्याङ्क विश्लेषण गर्दा वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । यसरी यस लेखमा विषयपरिचय, त्रुटिविश्लेषणको सैद्धान्तिक आधार, समस्या, उद्देश्य, विधि र प्रक्रिया, अवधी भाषी विद्यार्थीका नेपाली लेखाइगत त्रुटिको विश्लेषण गरी अन्त्यमा निष्कर्ष प्रस्तुुत गरिएको छ । अवधी भाषी विद्यार्थीलाई नेपाली लेखाइमा कठिनाइ भएको, शब्दभण्डार, शब्दोच्चारणका तरिका र लय भिन्न भएकाले नेपाली भाषाका सुनाइ, बोलाइ, पढाइ तथा लेखाइमा त्रुुटि हुुने गरेको निष्कर्ष निकालिएको छ । अवधी भाषी विद्यार्थीहरूको भाषिक विकासका लागि त्रुटिको पहिचान गरी निराकरण गरिनुपर्छ । कक्षामा बहुभाषिक शिक्षकको ब्यवस्था गरी मातृभाषाका शैक्षिक सामग्री सङ्कलन गरी लेखन अभ्यास गराउनुपर्दछ । पाठको उद्देश्यअनुरूप पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको प्रयोग गरी योजनाबद्ध शिक्षण गर्नुपर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
219
PDF
124

Downloads

Published

2023-12-31

How to Cite

पन्थ न. (2023). अवधी भाषी विद्यार्थीले नेपाली लेखाइमा गर्ने त्रुटिको विश्लेषण. Bhairahawa Campus Journal, 6(1-2), 167–185. https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65181

Issue

Section

Articles